नयाँ वर्षमा मनाङ र ब्रिगेड ब्वाइज पाेखरामा भिड्दै

अभिषेक अधिकारी २०७८ पुष १५ गते २०:४५

पोखरा ।
ए डिभिजन लिगको तालिका अन्तर्गत पोखरामा आउँदो शनिबार मनाङ मस्र्याङदी क्ल्ब र व्रिगेड ब्वाइज विच खेल हुँदै छ । अंग्रेजी नयाँ वर्षको दिन हुने खेलमा मनाङका तर्फबाट राष्ट्रिय टोलिका सेन्टर ब्याक अन्जन विष्ट र दिनेश राजवंशी डिफेन्स मिड पुजन उपरकोटी र मिडफिल्डका नीतिन थापा र अन्डर २३ राष्ट्रिय टिमका खेलाडी १९ वर्षीय गोल रक्षक विशाल सुनुवार सेन्टरब्याक अदित्य चौधरी र फवार्ड विमल राना लगायतले खेल्ने छन् । मनाङ जारी लिग डिभिजनमा ६ खेलमा ४ जित १ हार र १ बराबरी सहित १३ अंकका साथ दोस्रो स्थानमा छ ।
हाल नेपाली राष्ट्रिय टोलीमा कुनै पनि खेलाडी सामेल नरहेको ब्रिगेडमा कुल २५ खेलाडीमा ५ विदेशी खेलाडी छन् । जसमा ३ क्यामरुनी र २ नाइजिरियली खेलाडी छन् । जारी लिगको ६ खेल खेलेको ब्रिगेडले १ जित ३ हार र २ ड्र का सहित ५ अंकका साथ ११औं स्थानमा छ । खेल तालिका अनुसार शनिबार दिउँसो ठिक २ बजे खेल आरम्भ हुनेछ ।

तपाईको प्रतिक्रिया