काभ्रेभीरमा ब्लास्टिङ गरी सडक चौडा गरिदै
चराङ—छोसेर २५ किमी सडक अलपत्र ः

जोमसोम—
उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला खण्डको काभ्रेभीरमा सडक चौडा गर्न शुक्रबारदेखि ब्लास्टिङ सुरु गरिएको छ ।काभ्रेभीरमा पूनः एक वर्षपछि बिस्पोटक पदार्थ प्रयोग गरी ब्लास्टिङ गर्ने काम सुरु गरिएको हो ।
म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा सडक चौडा गर्न पटक÷पटक ब्लास्टिङ गर्ने काम भईरहेपनि बर्खायामको नदी कटान र बाढी÷पहिरोले सडक सरचनामा क्षति पुग्ने गर्दा सडक स्तरोन्नतिको भौतिक प्रगती अपेक्षा गरिएअनुसार हुन नसकेको हो ।कालिगण्डकी करिडोर अन्तर्गत निर्माणधिन कोरला सडकको काभ्रेभीरमा ब्लास्टिङ गर्नका लागि प्रशासनिक प्रक्रिया पूरा गरी जोमसोम स्थित बज्रदल गणमा १५० केजी बिस्पोटक पदार्थ (जिलेटिङ) आईपुगेको जनाईएको छ ।

बेनी—जोमसोम—कोरला सडक ११ मिटर चौडा हुने भएपनि काभ्रेभीर क्षेत्रमा करिव ६ देखि ७ मिटर सम्मको मात्र हुने आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।काभ्रेभीरमा ११ मिटरको सडक स्तरोन्नति सम्भव नभएकाले दुईतर्फी सवारी पास हुने गरी सडक चौडा गरिने उनले उल्लेख गरे ।उनले नेपाली सेनाको सुरक्षा निगरानीमा शर्मा गजुरमुखी कन्ट्रक्सनले शुक्रबार देखि ब्लास्टिङको काम अघि बढाएको बताए ।
बेनी—जोमसोम सडकको सबै भन्दा अप्ठ्यारो र जोखिमयुक्त सडकको रुपमा रहेको काभ्रेभीरमा १६ सय मिटर सडकको ब्लास्टिङ गर्नुपर्नेमा ४ सय मिटरको ब्लास्टिङ सकिएको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे ।
अग्लो पहाड खोपेर ब्लास्टिङ गरी काभे्रभीरमा सडक चौडा गरिन लागिएको हो ।त्यहा १६ सय मिटर सडकमा आरसीसी ढलान गरी सडक बिस्तार गरिने आयोजना प्रमुख प्रजापतीले बताए । काभ्रेभीरमा बाँकी रहेको १४ सय मिटर सडक चौडा गर्न १० टन बिस्पोटक पदार्थ (जिलेटिङ) आवश्यक पर्ने उनको भनाई छ ।
बेनी—जोमसोम सडकको काभे्रभीरमा सवारी आउजाउ कम हुने समय मिलाएर ब्लास्टिङको काम अघि बढेको सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।काभे्रभीरमा ब्लास्टिङका लागि ३ हजार भन्दा बढी होल खोलि तयारी अवस्थामा राखिएको उनले जनाए । ‘सवारी साधनलाई तत्काल टाईमकार्ड लागु गरिएको छैन,उनाले भने,‘सवारी रोकेर सडक चौडाका लागि ब्लास्टिङ गरिनेछ ।’उनका अनुसार ब्लास्टिङका लागि निर्माण कन्ट्रक्सनको टोली काभ्रेभीरमा खटिएको छ ।ब्लास्टिङको पहिलो दिन ९६ वटा बिस्पोटक पदार्थ प्रयोग भएको सुपरभाईजर शेरचनले जानकारी दिए ।

कालिगण्डकी करिडोर जोमसोमले कोरला सडक अन्तर्गत पर्वतको मालढुङ्गादेखि कोरलासम्मको भौतिक प्रगती ६४ प्रतिशत सम्पन्न भएको जनाएको छ ।यस्तै, बेनी—जोमसोम ७६ किमी सडक अन्तर्गत राहुघाटदेखि तातोपानीसम्मको ६५ प्रतिशत,तातोपानीदेखि घासासम्मको ६० प्रतिशत,घासादेखि कोवाङसम्मको ८५ प्रतिशत र कोवाङदेखि जोमसोमसम्म ६३ प्रतिशत भौतिक प्रगती भएको आयोजनाको भनाई छ ।यस्तै मुस्ताङको घाँसादेखि कोवाङ १६ किमी र कोवाङदेखि जोमसोम १८ किमी सडक मध्ये दुबै गरी २२ किमी सडकको अस्फाल्ट कालोपत्रे भईसकेको छ ।शर्मा गजुरमुखीले १२ किमी र पप्पुगौरी पार्वती कोशी एण्ड न्यौपानेले जेभीले ८ किमी कालोपत्रे गरेको हो ।

राष्ट्रिय गौरवको कोरला सडकखण्डको स्तरोन्नति आव २०७३÷०७४ सालदेखि सुरु गरिएको थियो।बेनी—जोमसोम ७६ किमी ४ खण्ड र जोमसोम—कोरला ११० किमी ७ खण्डमा काम भईरहेको थियो ।कमजोर धरातलीय संरचनाका कारण प्राकृतिक विपद्ले बेनी—जोमसोम खण्ड बर्सेनि स्तरोन्नतिकार्यमा बाधा पुग्ने गरेको छ ।राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत जोमसोम—कोरला ९५ प्रतिशत भौतिक प्रगती हँुदा बेनी—जोमसोम खण्डमा जम्मा ६५ प्रतिशत मात्र भौतिक प्रगती भएको हो ।
चराङ—छोसेर २५ किमी सडक अलपत्र ः
राष्ट्रिय गौरवको जोमसोम—कोरला सडकको ७ प्याकेज मध्ये ६ वटा प्याकेजको काम सकिदा चराङ—छोसेर २५ किमी सडक अलपत्र परेको छ ।२०७४ सालदेखि सुरु भएको जोमसोम—कोरला सडकको ६ वटा खण्ड आयोजनालाई हस्तान्तरण भईसकेको छ । तर ,चराङ—छोसेर सडक स्तरोन्नतिको काम निर्माण कम्पनीको ढिलासुस्ती र वेवास्ताले विगत ३ वर्षदेखि अलपत्र परेको आयोजनाले जनाएको छ ।
झन्डै २४ करोड लागतको चराङ—छोसेर सडक स्तरोन्नतिको जिम्मा तापाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले लिएको थियो । निर्माण कम्पनीले त्यहा ६५ प्रतिशत काम सकेको र ३५ प्रतिशत काम अलपत्र छाडेको छ ।आयोजनाले चराङ—छोसेरको जिम्मा लिएको कन्ट्रक्सनसंग ठेक्का मोबिलाईजेसन बापत लिएको १ करोड ९ लाख रुपैया फिर्ता तानेको जनाएको छ ।आयोजनाका अनुसार काम ढिलासुस्ती गरेको उक्त कन्ट्रक्सनको अर्को जोईन पार्टनरलाई चैत्र मशान्त सम्म काममा फर्किन विभागले अल्टिमेटम दिएको छ । तोकिएको समयमा काम नफर्किएर ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौता गरिने भएको छ ।

तपाईको प्रतिक्रिया