बेनिशा हमाल शिक्षा सदनको ब्रान्ड एम्बेसडर

समाधान संवाददाता २०७८ पुष २५ गते १६:४८

पोखरा ।

शिक्षा सदन एजुकेसन कन्सल्टेन्सीले पोखरामा शाखा सञ्चालनमा ल्याएको छ । कन्सल्टेन्सीको शाखाको शुक्रबार पोखरा सिद्धार्थचोक नजिक सुन्दरमार्गमा शाखा सुरुआत गरेको हो ।


अस्ट्रेलियामा केन्द्रीय कार्यालयमा रहेको शिक्षा सदनको काठमाडौं पुतलीसडकमा पनि कार्यालय छ । उच्च शिक्षाका लागि अस्ट्रेलिया, युके, क्यानडा लगायत देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायत सेवा सुविधा दिने उद्देश्यसहित पोखराका टीका भुर्तेलले गत वर्ष शिक्षा सदन एजुकेसन कन्सल्टेन्सी स्थापना गरेका हुन् ।

Advertisement

कन्सल्टेन्सीले चलचित्र कलारका बेनिशा हमाललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । शनिबार आयोजित कार्यक्रममा सो संस्थाका प्रबन्ध निर्देशक टीका भुर्तेल र कलाकार हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । पोखरा शाखा सञ्चालन सुरुआतका क्रममा कलाकार हमाल पोखरा आएकी थिइन् ।

ब्रान्ड एम्बेसडर हमालले संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताउँदै संस्थाको उन्नति र प्रगतिको कामना गरिन् । प्रबन्ध निर्देशक भुर्तेल शैक्षिक परामर्शका क्षेत्रमा रहेका विकृति विसंगतिभन्दा अलग रहेर नयाँ तौरतरिकाले परामर्श दिने प्रतिबद्धता व्यक्त गरे । ‘अस्ट्रेलिया पुगिसकेपछि कुनै पनि सरसहयोग चाहिँदा पनि हामी सेवा गर्न तत्पर हुनेछौं,’ भुर्तेलले भने ।

Advertisement

तपाईको प्रतिक्रिया