आफ्नै उत्पादनको भरमा एपिएफसँग भिड्दै सहारा

अभिषेक अधिकारी २०७८ माघ ५ गते १९:१०
????? ????????????–?? ?? ??????????? ?????????? ?? ??????? ????? ??????? ???? ? ? ????? ???????? ?? ?? ???? ?? ?????? ?????? ??????? ????? ? ? ?????? ? ?????? ?????, ????

अभिषेक अधिकारी
पोखरा ।
पोखरा रंगशालामा बिहीबारदेखि हुने आहारारा गोल्डकप फुटबलमा पहिलो प्रतिस्पर्धा आयोजक सहारा र सशस्त्र प्रहरीको फुटबल (एपिएफ) क्लबबीच हुँदै छ । युवा खेलाडी बाहुल्य सहारा प्रल्हाद हिराचनको प्रशिक्षण र मानबहादुर तामाङको कप्तानीमा उत्रँदै छ । सहाराले आफ्नो टिममा आफ्नै एकेडेमीका मुकुन्द न्युरे, जीवन रायमाझी, प्रमिश गुरुङ, नवराज धिमाल, भगवत चौधरी, विशाल नेपाली र जीवन रायमाझीलाई समावेश गरेको छ । यिनीहरु १७–१८ वर्षका छन् ।


सहाराले आफ्नो एकेडेमीका पूर्व विद्यार्थीहरुलाई पनि टोलीमा समावेश गरेको छ । सहाराका कप्तान मानबहादुर तामाङ, अभिषेक बराल, पासाङ लामा, सुशील लामा, पिटर सगुन र मार्टिन अजाई एकेडेमीका पूर्व विद्यार्थी हुन् । सहारा हङकङका खेलाडी साहिल गुरुङ पनि सहाराको टिममा समावेश छन् । अन्य ९ खेलाडी पोखराकै रहेको सहाराले जानकारी दिएको छ ।


कुमार थापाको प्रशिक्षणमा मैदान उत्रन लागेको एपिएफ राम्रो लयमा रहेको उनले समाधानलाई बताए । समाधानसँग कुराकानी गर्दै थापाले आफ्ना सम्पूर्ण खेलाडी लयमा रहेको र खेलाडी आशीष लामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले अन्य नियमित खेलाडीसँगै मैदानमा उत्रने जनाए । उनी भन्छन्, ‘अहिले हाम्रा खेलाडीहरु पूर्ण फिट छन्, अहिले हाम्रो लिग खेल पनि सुधारिएको छ । मैले एपिएफलाई आहाराराको उपाधि जिताउन निकै मेहेनत गरेको छु ।’

Advertisement


एपिएफका नेपाली खेलाडीमा जति बढी विश्वास कुमारले राखेका छन् त्यति नै भरोसा उनलाई आफ्नो विदेशी खेलाडीमा पनि छ । जापानी गोल किपर युया कुरियामाले उत्कृष्ट प्रदर्शन गर्ने कुमारको दाबी छ । युयासँगै विदेशी खेलाडीमा अफ्रिकीमूलका खेलाडीमा डिफेन्डर आदम्बा र अरमान पनि छन् । नेपाली खेलाडीमा भने नवीन लामालाई प्रशिक्षक कुमारले उत्कृष्ट खेलाडीको दर्जा दिएका छन् ।


प्रशिक्षक कुमार पूर्व राष्ट्रिय खेलाडी, मनाङ मस्र्याङदी र एपिएफका पूर्वखेलाडी पनि हुन् । आहाराराको दोस्रो संस्करण ६० सालमा मनाङले आहाराराको पहिलो उपाधि जित्दा उनी सेन्टर मिडफिल्ड सम्हाल्दै कप्तानको भूमिकामा थिए । नेपाल पुलिस क्लबको दबदबा रहेको त्यसबेला मनाङले फाइनलमा नै ३–१ ले पुलिसलाई पराजित गर्नु मनाङका लागि निकै ठूलो उपलब्धि थियो । तिनै कप्तान कुमार थापाका अहिले एपिएफको प्रशिक्षक रहँदा सहारासँगको चुनौतीलाई अवसरमा बदल्न चहान्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया