चिर प्रतिस्पर्धी मनाङ र पुलिसको जम्काभेट

समाधान संवाददाता २०७८ माघ ८ गते १६:३३


अभिषेक अधिकारी । पोखरा

नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबको आहारारामा मात्र नभई विगतदेखि नै निकै ठूलो प्रतिस्पर्धा छ । २०५८ सालको क्याराभ्यान गोल्डकप र ५९ सालको पहिलो आहा गोल्डकप विजेता पुलिस ६० सालमा ह्याट्रिक उपाधि जित्ने दाउमा रहेको पुलिसलाई मनाङले फाइनलमा ३–१ले पराजित गर्दै उपाधि आफ्नो भागमा पार्‍यो । पुन आहा गोल्डकप तेस्रो संस्करणको फाइनल भिडेका पुलिस र मनाङ ३–२ को नतिजासहित मनाङले आफ्नो उपाधि रक्षा गर्‍यो ।

Advertisement

दसौं आहा गोल्डकपको क्वाटरफइनलमा पुलिस र मनाङको आमनेसामने भयो । उक्त खेलमा पुन पुलिसलाई १–०ले हराउँदै सेमिफाइनल प्रवेश ग¥यो । दसौं संस्करणमा पनि मनाङले सेमिफाइनलमा अफ्रिकन युनाइटेड र फाइनलमा जाउलाखेल युथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।

Advertisement

आहा गोल्डकप १२औं संस्करणको सेमिफाइनलमा जम्का भेट भएका यी दुई क्लबबीच भएको भेट फराकिलो अन्तरले टुंगियो । मनाङले पुलिसलाई ५–०ले पराजित गर्दै फाइनलमा आयोजक सहारासँगको भेट पक्का ग¥यो । उक्त सिजन भने सहाराले मनाङलाइ १–०ले पराजित गर्दै पहिलो पटक उपाधि जित्यो ।

आहाराराको १६ औं संस्करणमा नेपाल पुलिस र मनाङ मस्र्याङदीबीच क्वाटरफाइनलमा भेट हुँदा पहिलो पटक आहारारामा पुलिसले मनाङ विरुद्ध जित हात पा¥यो । ३–१ले जित हात पारेको पुलिसले उक्त संस्करण सेमिफाइनलमा धरान फुटबल क्लब र फाइनलमा थ्रि स्टारलाई १–०ले पराजित गर्दै उपाधि जित्यो ।


आहाराराको १८ औं संस्करणको फाइनलमा पुन भेट भएका मनाङ र पुलिसको खेल गोल रहित बराबरीमा टुंगिँदा टाई ब्रेकरमा लम्बिएको थियो । मनाङले टाईब्रकरमा ४–३ले पराजित गर्दै आहारारको उपाधि जित्यो ।


हालसम्म आहाराराको इतिहासमा पुलिसविरुद्ध मनाङ निकै हाबी देखिन्छ । मनाङले आहाराराको उपाधि ६ पटक जित्दा पुलिसले पनि एक क्याराभ्यान गोल्डकप र ५ आहारारा गोल्डकपको उपाधि जितेको छ । यी दुईबीच २०औं संस्करणको आहारारा गोल्डकप दोस्रो क्वाटरफाइनल खेल माघ ९ मा हँुदै छ ।
पुलिसले प्रिक्वाटर फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई सडेन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको थियो । मनाङ भने प्रिक्वाटर फाइनल खेलमा बाईमा परेको थियो ।


नेपाल पुलिस क्लब एकमात्र क्लब हो जसले कुनै पनि विदेशी खेलाडी अनुबन्ध गरेको छैन । मनाङमा भने अफ्रिकीमूलका ३ खेलाडी छन् । मनाङका कप्तान अन्जन विष्टसहित अन्य ३ खेलाडी राष्ट्रिय टोलीमा बन्द प्रशिक्षणमा रहेकाले टिममा केही असर गरेको क्लबका अध्यक्ष मुखिया गुरुङले बताए । समाधानसँग कुरा गर्दै उनले आहारारमा कप्तानीको जिम्मा पोखराका खेलाडी विमल रानाले बताए । विमलसँगै पोखराका सरोज गुरुङ पनि मनाङको टोलीमा छन् ।


पुलिस प्रशिक्षक अन्नत थापाले शनिबार समाधानसँग कुराकानी गर्दै मनाङसँगको खेलमा आफ्नो टिमले डिफेन्स लाइनमा सुधार गर्नुपर्ने बताए । पुलिस र मनाङको पुरानो प्रतिस्प्र्धा र हालको खेल अनुमान गर्दै थापा भन्छन्, ‘मनाङका ४ र हाम्रो पनि ३ खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् त्यसैले खेल निकै प्रतिस्पर्धात्मक हुने छ ।’ पुलिस र मनाङको बिचको विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी र थ्रि स्टार क्लबबीचको विजेतासँग माघ १३ मा भिड्ने छन् । आर्मी र थ्रि स्टार बिचको खेल माघ ११मा हुँदै छ ।


जारी संस्करण ए डिभिजन लिगको खेलमा नेपाल पुलिस र मनाङको खेल पोखरा रंगशालामा पुस ३ गते भएको थियो । जसमा मनाङले ३–१को नतिजा सहित पुलिसलाई हराएको थियो । लिगमा मनाङ ९ खेलमा १९ अंक सहित दोस्रो स्थानमा रहँदा पुलिस ८ खेलमा जम्मा ७ अंक सहित ११औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया