डिफेन्डिङ च्याम्पियन भर्सेस लिग च्याम्पियन

अभिषेक अधिकारी २०७८ माघ ९ गते २०:२७
आइतबार पोखरा रंगशालामा भएको नेपाल पुलिस भर्सेस मनाङ मास्र्याङदी : फोटो आशिष पुरी

अभिषेक अधिकारी

पाेखरा ।

सोमबार २० औं आहारारा गोल्ड कपको तेस्रो क्वाटरफाइनल खेल अन्तर्गत ७६ सालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र १९ औं संस्करणको विजेता संकटा फुटबल क्लबबीच हुँदै छ । ७७ मा भने ए डिभिजन लिग भएन ।

Advertisement


संकटाले आहाराराको १९ औं संस्करणमा पहिलो पटक आहारारा उपाधि जितेको थियो । मछिन्द्रले भने अहिलेसम्म आहाराराको फाइनल यात्रा तय गरेको छैन । त्यसो त यस सिजन दुवै टिम उत्कृष्ट लयमा छन् । मछिन्द्र र संकटाले जारी लिगमा समान ९ खेल खेलेका छन् । मछिन्द्र २३ अंकका साथ शीर्ष स्थानमा छ र संकटा १४ अंकका साथ पाँचौं स्थानमा छ । जारी सिजनको लिग डिभिजन खेलमा मछिन्द्र र संकटाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।


दुवै टिम उत्कृष्ट लयमा रहँदा मछिन्द्रलाई भने आहारारामा ठूलो सकस छ । मछिन्द्रका कप्तान सुजल श्रेष्ठ र उपकप्तान सुनील बलसहित अन्य मुख्य ४ खेलाडी बन्द प्रशिक्षणमा छन् । संकटाका पनि १ खेलाडी प्रशिक्षक विष्णु गुरुङ राष्ट्रिय टोलीको सहप्रशिक्षकका रुपमा बन्द प्रशिक्षणमा छन् । सुपर जायन्ट साबित मछिन्द्रका ७ खेलाडी बन्द प्रशिक्षणमा रहँदा आहारारा उसलाई चुनौतिपूर्ण छ । मछिन्द्रका नयाँ अनुहार तथा क्लबको टप १८ मा पर्न नसकेका खेलाडीका लागि भने यो सुवर्ण अवसर हो ।

Advertisement


मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले समाधानसँगको कुराकानीमा आफ्नो टिममा ७ खेलाडीको अभाव भए पनि त्यसको पूर्ति अन्य खेलाडीले गर्ने उल्लेख गरे । उनी भन्छन्, ‘कप्तानीको जिम्मा रञ्जित धिमालले पाएका छन् । गोलकिपर विशाल श्रेष्ठको स्थान सूर्य अधिकारीले लिने छन् । मैले सम्पूर्ण आहारारामा खेल्न आएका खेलाडीलाई लिग खेलाइसकेको छु । हामी जित्न पोखरा आएका हौं ।’


प्रशिक्षक विष्णु गुरुङको विकल्पमा आहारारामा संकटाको प्रशिक्षक बनेका प्रवेश कटुवाल अनुभवी प्रशिक्षक र खेलाडी हुन् । डिफेन्डिङ च्याम्पियनको शाख जोगाउने प्रयासमा संकटा नआत्तिएको उनले समाधानलाई सुनाए । आधुनिक फुटबलमा कुनै पनि खेल एट्याकिङ र डिफेन्सिभ भनेर पहिलै खेल्न नसकिने उनको भनाइ छ । आफ्नो टिमका खेलाडी सबै फिट रहेको र मछिन्द्रसँगको खेलका लागि तयार रहेको जनाए ।

तपाईको प्रतिक्रिया