निःशुल्क रगत दिने प्रदेश सरकारको निर्णयको कास्की कांग्रेसद्वारा स्वागत

समाधान संवाददाता २०७८ फागुन ३ गते १७:०३


पोखरा ।


नेपाली कांग्रेस कास्कीले महासमिति सदस्यको निर्वाचन एकसाताभित्रै गर्ने भएको छ । पार्टीको मंगलबार सम्पन्न बैठकले फागुन १० गतेभित्रै पार्टीको महासमिति सदस्यको निर्वाचन गर्ने निर्णय गरेको हो ।


पार्टीको केन्द्रीय समितिको परिपत्र अनुसार फागुन १० गतेभित्रै महासमिति सदस्यको निर्वाचन तय भएको पार्टी सचिव भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार कास्कीका तीनवटै क्षेत्रमा महासमिति सदस्यको निर्वाचन हुनेछ ।

Advertisement


महासमिति सदस्य निर्वाचनमा पार्टीका क्षेत्रीय प्रतिनिधि मतदाता हुनेछन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधि महासमिति सदस्य पदका उम्मेदवार हुन पाउने पार्टी विधानमा उल्लेख छ । कास्कीबाट करिब ३३ जना महासमिति सदस्य निर्वाचित हुनेछन् ।


यसैगरी पार्टीको बैठकले दलित समुदायको स्वास्थ्य बिमा निःशुल्क गर्न माग गरेको छ । गण्डकी प्रदेश सरकारले गरेको जनतालाई निःशुल्करुपमा रगतको व्यवस्था गर्ने निर्णयको स्वागत गर्दै यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको छ ।

Advertisement


यसैगरी बैठक पोखरा २८ र १४ का पार्टीका पूर्व इकाई सभापति एवं प्रजातन्त्र सेनानीद्वय भोजराज त्रिपाठी र थानेश्वर पोखरेलको निधनमा दुःख व्यक्त गर्नुका साथै त्रिपाठी र पोखरेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया