स्वास्थ्य
एम्बुलेन्स चाहिएमा १०२ कल सेन्टर
एकिकृत एम्बुलेन्स सेवा ः

जोमसोम—
सरकारले देशका ७७ वटै जिल्लामा एम्बुलेन्स संञ्चालन मापदण्ड निर्धारण गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभागले चालुवर्षभित्रै पूर्व अस्पताल सेवा तथा एकिकृत एम्बुलेन्स संञ्चालनका लागि यस्तो मापदण्ड निर्धारण गरेको हो ।
सरकारले एम्बुलेन्स मापदण्ड अन्तर्गत कुनै पनि बिरामीको ज्यान बचाउने आधारभुत औषधि ,स्वास्थ्य उपकरणसहित एक जना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ ।यी सेवा सुविधा भएका एम्बुलेन्सलाई क र ख बर्गको मान्यता दिएको छ । नामले एम्बुलेन्स भनीएपनि उल्लेखित सेवा सुविधा नभएकालाई सरकारले एम्बुलेन्सको मान्यता नदिने जनाईएको छ ।एम्बुलेन्स मापदण्ड अनुसार सेवा नभएकालाई ग बर्गको रुपमा राखेको छ ।
मुस्ताङको जोमसोममा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका उपनिर्देशक बालकृष्ण सेडाईले नेपालमा संञ्चालन भईरहेका एम्बुलेन्स ग बर्गको मात्र रहेको जानकारी दिए ।सरकारले ग बर्गका एम्बुलेन्सले क र ख बर्गको मान्यता नपाउने भएकाले यस्ता साधन खरिद गर्दा भन्सार छुटको ब्यवस्था नहुने उनले बताए ।उनका अनुसार यदी कुनै ग बर्गका एम्बुलेन्स स्तरोन्नति गर्न मिल्ने भएमा ख बर्गको मान्यता पाउनेछन् ।‘ कुनै बिरामी बिरामी भएको ठाउँबाट अस्पतालसम्म पू¥याउने र बिरामीको अवस्था बिग्रन नदिन जेजति क्रियाकलाप हुन्छन् त्यसलाई पूर्व अस्पताल सेवाको रुपमा सरकारले यसप्रकारको निति लिएको उनको भनाई छ ।सरकार निति बमोजिम रेडक्रसले आफ्ना केही एम्बुलेन्सलाई स्तरोन्नति गर्न बजेट बिनियोजन गरेको उनले जनाए ।
एकिकृत एम्बुलेन्स सेवा ः
सरकारले एम्बुलेन्स सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यले एकिकृत एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो ।यसका लागि गण्डकी प्रदेश कार्यालय र स्वास्थ्य सेवा निर्देशानालयले एकिकृत एम्बुलेन्स कार्यान्वयनका गर्न प्रेषण केन्द्र स्थापना गरेको रेडक्रसका उपनिर्देशक सेडाईले उल्लेख गरे ।यसरी स्थापन गरिएको प्रेषण केन्द्रमा सम्पर्क गर्दा १०२ मा डायल गरेपुग्छ ।यस अघि एम्बुलेन्सको बन्दोबस्त गर्दा आईपर्ने समस्यालाई यो सेवाले समाधान गर्ने उनले बताए । प्रेषण केन्द्रमा फोन गरी एम्बुलेन्स मगाउदा कुनै शुल्क तिर्नु पर्दैन ।
प्रदेश र स्वास्थ्य सेवा निर्देशानालयमा स्थापना भएको प्रेषण केन्द्रमा डिस्प्याचरले फोन उठाउँछन् । फोन उठाउन बसेका डिस्प्याचरले कहाँबाट सम्पर्क गर्न खोजिएको थाहा लाग्छ । देशभरकै एकिकृत एम्बुलेन्सको रेकर्ड सम्वन्धित कार्यालयले राख्छन् । एम्बुलेन्समा जिपिएस जडान गरिएको हुन्छ । डिस्प्याचर सेन्टर र एम्बुलेन्समा जडान गरिएको जिपिएस कनेक्सन गरी सम्पर्कमा जोडिन्छ ।एम्बुलेन्स सेवा दिदा सेवाग्राहीलाई कहाँबाट एम्बुलेन्स आउने हो सो बारेमा मोवाईलमा म्यासेज आउँछ । यसको सबै जानकारी डिस्प्याचरले देखाउँदछ ।त्यसपछि बिरामीको तत्काल उद्दार गरी अस्पताल पू¥याईन्छ ।
सरकारले देशभरीनै संञ्चालनमा आउने एम्बुलेन्सलाई एकिकृत प्रणालीमा रुपान्तरण गर्न लागेको रेडक्रस उपनिर्देशक सेडाईले बताए । उनका अनुसार सरकारी,गैस सरकारी ,संघसंस्था ,निकाय र ब्यक्तिले सञ्चालन गरेका एम्बुलेन्स एकिकृत प्रणालीमा मर्ज हुने जनाए । उनका अनुसार नेपालमा विभिन्न तहबाट संञ्चालन भएका एम्बुलेन्सको स्तरोन्नति संम्वन्धित कार्यालय वा पालिकाले बजेटको ब्यवस्था गरिनु पर्ने जानकारी दिए ।सरकारले एम्बुलेन्समा देखिएको बेथिती हटाई एम्बुलेन्स सेवा भरपर्दो बनाउन यसप्रकारको कार्यविधि निर्माण गरेको हो ।
मुस्ताङमा ५ वटा एम्बुलेन्स रहेपनि २ वटाले मात्र सेवा दिएका छन् भने केही बिग्रेर थन्किएका छन् ।एकिकृत एम्बुलेन्स सेवा कार्यान्यनमा आएमा दुर्गम जिल्लाका बिरामी लाभान्विथ हुने रेडक्रस शाखा मुस्ताङका सभापती चन्द्रबहादुर थकालीले बताए ।


सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया