फेवातालको पानी ५ करोड लिटर घटाइँदै

सञ्जय रानाभाट २०७८ फागुन ९ गते १९:३४

पोखरा ।

फेवातालको पानीको सतह मंगलबादेखि घटाइने भएको छ । सिद्धार्थ राजमार्गको विरौटा चोकदेखि एक सय मिटर पश्चिममा रहेको सिँचाइ नहरमा पर्ने कल्भटलाई दुवै तर्फ चौडा गर्ने क्रममा पानीको सतह घटाइन लागेको हो ।

फेवातालको पानीको सतह फागुन १० गतेदेखि बैखाख ३० गतेसम्म घटाइने जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आर्चायले बताए । कल्भट निर्माण गर्दा पानीको प्रवाह निरन्तर भएकाले निर्माणमा अवरोध भएपछि पानीको सतह घटाउन स्वीकृत गरिएको आर्चायले बताए । ‘सडक डिभिजन कार्यालयले कल्भट बनाउन फेवातालबाट बग्ने पानीले अवरोध भएको भन्दै कार्यालयमा निवेदन परेपछि सबै बाँध बन्द गर्दासमेत ओभर फ्लो भएर पानीको बहाब नरोकिएपछि पानीकोमात्र सतह घटाउनु परेको हो,’ डिभिजन कार्यालय प्रमुख आर्चायले सुनाए ।

Advertisement


यसअघि २०७७ माघमा पनि फेवाताको पानीको सतह घटाइएको थियो । यतिबेला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २ महिना पानीको सतह घटाउन अनुमति दिएको थियो ।


कल्भर्ट निर्माण गर्न फेवातालको कुल गहिराइको २० सेन्टिमिटर बराबरको ५ करोड लिटर पानी घटाइने आर्चायले बताए । ‘यसभन्दा अघि फेवातालको बाँध निमार्ण गर्नुपर्ने भएकाले धेरै पानी घटाइएको थियो । यसपटक भने पहिलको तुलनामा १० गुण कम हो,’ आचार्यले भने ।
१ वर्षअघि फेवाताल पानीको सतह घट्दा ताल हेर्न भिड लागेको थियो । कोराना महामारीले थलिएको पोखराको लेकसाइड ताल घटेपछि आन्तिरिक पर्यटक ह्वातै बढेका थिए । फेवाताल किनारा टिकटक स्पोर्ट बनेको थियो । साथै फेवाताल घटेको मैका पारेर ताल वरीपरी संरचना बनाउने क्रम बढेको थियो ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया