प्रतिनिधि सभाबाट एमसिसी सम्झौता अनुमोदन

समाधान संवाददाता २०७८ फागुन १५ गते २१:१०

काठमाडौं ।

प्रतिनिधि सभाको आइतबारको बैठकले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गरेको छ ।

बहुमतका आधारमा उक्त सम्झौतासम्बन्धी प्रस्ताव पारित भएको हो ।

Advertisement

सत्तारुढ दलले पारित गरेको ११ बुँदे व्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद्ले एकवटा थपेर १२ बुँदे बनाउँदै एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा लिने र नेपालको संविधान नै माथि हुने उल्लेख गरेर अनुमोदन गरिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले संसदको आजको पहिलो बैठकमा एमसीसीमाथि छलफल प्रस्ताव राखेका थिए। दोस्रो बैठकमा पनि उनैले सम्झौता अनुमोदन प्रस्ताव गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया