पोखरा २१ मा एमाले टोल कमिटी गठन

समाधान संवाददाता २०७८ फागुन २१ गते २१:१२

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २१ हिमाली टोलमा नेकपा एमाले वडा कमिटीले टोल गठन गरेको छ । शनिबार भएको कार्यक्रममा अम्बरबहादुर विश्वकर्माको अध्यक्षमा ३७ सदस्यीय टोल कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्षमा दीपेन्द्र गौतम, उपाध्यक्षमा अम्बरबहादुर विश्वकमा, सचिव भूपेन्द्र भण्डारी र उप सचिवद्वय रविन्द्र आचार्य र गोमा गौतम रहने गरी ३७ सदस्यीय छन् । नेकपा एमालेका युवा नेता झपट रानाभाटको प्रमुख आतिथ्यतामा भएको भेलाले कमिटी गठन गरेको अध्यक्ष दीपेन्द्र गौतमले बताए ।

कार्यक्रममा बोल्दै रानाभाटले सामाजिक आर्थिक परिवर्तन र जनताको मुक्तिका लागि नेकपा एमालेले जनताको समृद्धि गर्न जोड दिने बताए । ‘सामाजिक परिवर्तन र बिभेदरहित समाज ब्यवस्थापन गर्न आगामी सबै तहका निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउनुपर्छ । अरु पार्टीहरुको औचित्यता र उपयोगिता समाप्त भैसकेकोले आगामी निर्वाचनमा जनसमुदायले पूर्ण रूपमा जिताउने विश्वास दिएको छु,’ रानाभाटले भने ।

Advertisement

शनिबार भएको भेलाको कार्यक्रम उपाध्यक्ष खगराज न्यौपानेले गरेको थिए भने कार्यक्रममा सचिव रोशन भट्टराई वडा कमिटी सदस्य कुलदीप आचार्यले गरेको थिए ।

Advertisement

तपाईको प्रतिक्रिया