पल शाहलाई बयानका लागि गैँडाकोट लगियो

समाधान संवाददाता २०७८ फागुन २४ गते १५:३६

पोखरा ।
नायक पल शाहलाई बयानका लागि मंगलबार तनहुँबाट गैँडाकोट लगिएको छ । प्रहरीका अनुसार गैँडाकोटमा पनि पलविरुद्ध उजुरी परेकाले अनुसन्धानका लागि त्यहाँ लगिएको हो । उनलाई एक÷दुई दिन गैँडाकोटमा राखिनेछ । पलविरुद्ध पहिलोपटक सात र दोस्रोपटक १२ दिनको म्याद थप भएको छ ।


पलको मुद्दा प्रक्रिया भने तनहुँबाट अगाडि बढिरहेको छ । बयानपछि मिसिलसँगै उनलाई फेरि तनहुँमै पठाइनेछ । नाबालिग गायिकाले एउटा गीतको छायांकनका क्रममा गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा पलले आफूमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । त्यसअघि उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया