बैकिङ कसुरमा शान्ता पक्राउ

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:४६

गोरखा, २७ फागुन
बैकिङ कसुर मुद्दामा फरार रहेकी एकजनालाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले सीतापाइलाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक गाउँपालिका– ३ बस्ने ३६ वर्षीया शान्ता कोइराला दवाडी छिन् । प्रहरीका अनुसार उच्च अदालत ललितपुरले २०७८ माघ २१ गते ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।


उनलाई बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महाशाखाका प्रवक्ता तथा एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया