विश्व उपभोक्त दिवसकाे दिन नागरिकलाई प्रर्चा

समाधान संवाददाता २०७८ चैत २ गते ०:२५


पाेखरा । विश्व उपभोक्ता अधिकार दिवस मंगलबार पाेखरामा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । सन् १९६२ मा यसै दिन दिन अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीले उपभोक्ता अधिकारको बारेमा अमेरिकी कांग्रेसको सभामा बोलेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको हो ।

पाेखरामा पनि उपभोक्त मञ्च गण्डकी  प्रदेशले सर्वसाधारणलाई प्रर्चा बाढेर दिवस मनाएकाे छ ।

Advertisement

नागरिकले आफ्नो उपभोग अधिकारको बारेमा चुनौती खेप्दै आउनुपरेको उपभोक्त मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिल काेइरालाले बताए ।

काेइरालाका अनुसार पाेखरामा मञ्चले विभिन्न जनचेतनामूलक नारा लेखिएका ब्यानर सहित मनाएकाे छ । उनले  उपभोग्य अधिकार सुनिश्चित गर्न सर्वप्रथम स्वयं जागरुक हुनुपर्ने बताए। `मञ्चले बिगतमा यो दिवस प्राय सरोकारवालासंग अन्तरक्रियात्मक कार्यक्रम गरेर मनाइदै आएकोमा यसपटक  सामान्य उपभोक्तालाई सचेत गराउन बढी  उपयोगी  ठानी सोहि अनुरुपको पर्चा तयार गरि सडकमा आम उपभोक्तालाई बितरण गरी मनाएका छाैं,´ उनले भने ।

Advertisement

उनले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया