रोशनको ‘लाहुर जाने मायालु’

समाधान संवाददाता २०७८ चैत ९ गते १५:२४

पोखरा ।
गायक रोशन थापा मगरको पहिलो गीत ‘लाहुर जाने मायालु’ सार्वजनिक भएको छ । गायक थापा मगरकै शब्द र संगीत रहेको गीतको म्युजिक भिडियो पोखरामा बुधबार विमोचन गरिएको हो । युट्युबमा ‘दुःख बिसाउने चौतारी’ नामक च्यानलबाट गीत हेर्न सकिन्छ ।


गीतको देउराली ब्यान्डका तेज केसीले संगीत संयोजन गरेका हुन् । लाहुरेको पीडा समेटिएको गीतको भिडियोलाई सनबहादुर गुरुङ र हेलेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन् । भिडियोमा गायक थापामगर र कल्पना रानाले मूख्य निभाएका छन् । विमोचन कार्यक्रमका प्रमुख अतिथि ज्ञानबहादुर थापाले गरेका थिए । सबैको मेहनेतले गीत तथा भिडियो राम्रो बनेको प्रमुख अतिथि थापाले बताए ।


भिडियोलाई अनिल शाही ठकुरी र भिमराज तिमिल्सिनाले छायांकन तथा सम्पादन गरेका हुन् । हेलेन्द्र मल्ल ठकुरी, राजु सुनार, मीना सुनार, विशाल थापा, देव गुरुङ, सविना थापा, जीवन शर्मा, सरिता राना, दुर्गाराज गुरुङ र विष्णु गुरुङ लगायतका कलाकारको अभिनय भिडियोमा देख्न सकिन्छ । गायक थापामगरलाई गायिका प्राप्ति तुलाचनले कोरसमा साथ दिएकी छिन्

Advertisement

तपाईको प्रतिक्रिया