ताल्चा फोडेर कास्की अदालतमा तोडफोड, मिसिलहरु चाेरीकाे आशंका

समाधान संवाददाता २०७८ चैत ९ गते १६:१०

पोखरा ।
कास्की जिल्ला अदालतमा बुधबार राति तोडफोड सहित चोरीका भएको आशंका गरिएको छ । अदालतको मुल भवन भन्दा पछाडिएको भवनमा तोडफोड गरेर मिसिलहरु खोतल्ने काम भएको अदालतका सूचना अधिकारी निल पनेरुले बताए ।

‘अदालतको मुल ढोका भन्दा पछाडिएको भवनमा तोडफोड भएको हो । भवनमा रहेको ६ नम्बर इजलासमा रहेको फाटमा पसेर मिसिलहरु खोतलिएको छ । इजलास भित्र पस्न ३ वटा ढोकाको ताल्चा फोडेर भित्र पसिएको हो,’ पनेरुले भने ।


जिल्ला अदालतको ठीक अगाडि वडा प्रहरी कार्यालय छ । चौबिसै घण्टा प्रहरी सुरक्षामा हुने अदातलको अगाडि गेटमा प्रहरीको २४ सै घण्टा डिटी हुन्छ । तर मध्यरातमा पछाडिएको भागबाट अदालतभित्र बस्ने काम भएको पनेरुले बताए ।

Advertisement


दुई तला माथि रहेको उक्त इजलासमा राखिने फाइलहरु छरपस्ट देखिएको पनेरुले सुनाए । पनेरुले भने, ‘बिहान मिसिलहरु खोतलिएको भेटिएको छ । मिसिलदेखि अन्य महत्वपूर्ण समानहरु हराएको हुनसक्छ । के कति फाइल हराए या चोरी भए अहिले नै थाहा पाउन सकिएको छैन । अनुसन्धान टोली आएर चोरीको प्रकृतिका हेरेर जानुभएको छ ।’


चोरीको विषयमा प्रहरीले बिहानै अदालतमा पुगेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रशासन कार्यालयका डिएसपी सुन्दर तिवारीले बताए । ‘घटनाको बारेमा थप पत्ता लगाउने प्रयास भएको छ । घटना स्थलबाट ताल्चा फोड्न प्रयोग भएको रड भेटिएको छ । चोरीमा संलग्न हुनेमध्येको फिंगर प्रिन्स लिएर अनुसन्धान अगाडि बढाएका छौं,’ तिवारीले भने । मध्यरातमा तोडफोड इजलासमा देवप्रसाद योगीले मुद्दा फाट हो । अदालतबाट आसपासमा भएका सिसिटिभी हेर्न काम भएको तिवारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया