गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतविरुद्धको पेसी वैशाख २७ तोकियो

समाधान संवाददाता २०८१ वैशाख २५ गते १४:११

पोखरा ।


गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध परेको रिटको पेसी वैशाख २७ गतेलाई तोकिएको छ ।

गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाएर रिट दर्ता भएको हो ।
मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेश सभाबाट पाएको विश्वासको मतविरुद्ध नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सुरेन्द्रराज पाण्डेले मंगलबार रिट दर्ता गरेका थिए ।

Advertisement

आइतबार ६० सदस्यीय गण्डकीमा सभामुख बाहेक ५९ लाई आधार मानेर सभामुख कृष्णप्रसाद धितालले अधिकारीले विश्वासको मत पाएको घोषण गरेका थिए । सभामुखको कदमप्रति नेता पाण्डेले अदालत गुहारेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया