प्रधानमन्त्री स्याङ्जा र तनहुँका कार्यक्रममा

समाधान संवाददाता २०७८ चैत १० गते १३:३०

पोखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई स्याङ्जामा भव्य स्वागत भएको छ । चापाकोट नगरपालिका पुगेका उनलाई बिहीबार बिहान स्थानीयले स्वागत गरेका हुन् ।


प्रधानमन्त्री स्याङ्जा पुगेपछि जिल्ला र स्थानीय तहका नेताहरु उनको स्वागतमा पुगेका थिए । यसै क्रममा प्रधानमन्त्री देउवाले चापाकोट नगरपालिकाको नवनिर्मित भवन पनि उदघाटन गरेका छन् ।

Advertisement


भवनको उदघाटनपछि प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन संघारमा आइसकेकाले प्रचारप्रसार र जनताको घरदैलोमा जान कार्यकर्तालाई दिएका छन् ।

प्रधानमन्त्री देउवा बिहीबारै तनहुँ जिल्लाका विभिन्न ठाउँका कार्यक्रममा सहभागी भएका छन् ।

Advertisement

प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरिसकेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण पश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुँदै छन् । लगत्तै उनले तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । गाउँपालिकाले ३ करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया