पोखरामा स्थानीय सरकारका न्यायाधीशको सम्मेलन

समाधान संवाददाता २०७८ चैत १० गते १३:२७

पोखरा ।
स्थानीयतहका गठन भएका न्यायिक समितिले गरेका असल अभ्यास, अनुभव आदानप्रदान तथा भावी कार्यदिशा तय गर्न पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्न हुने भएको छ ।


पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा चैत १४ गते पोखरा सभागृहमा सम्मेलन हुने न्यायिक समितिका प्रमुख तथा उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । उपमेयर गुरुङले सम्मेलनमा७ सय ५३ स्थानीयतहले गरेका न्याय सम्पादन, असल अभ्यास, चुनौती र आगामी कार्यदिशाका बारेमाछलफल हुने बताइन् । ‘नागरिकलाई सहज र सरल रुपमा न्याय सम्पादनका लागि न्यायिक संरचना निर्माण गरिएको छ,’उनले भनिन्, ‘नयाँ व्यवस्थामा न्याय सम्पादन स्थानीयतहको नयाँ अभ्यास हो । सबै स्थानीयतहले गरेका कार्य अनुभव, न्याय सम्पादनको समीक्षा र भावी कार्यदिशालाई समेटेको कार्यपत्र प्रस्तुत गरिनेछ ।’


उनले सम्मेलनले पोखरा घोषणापत्र तयार गर्ने जनाइन् । सम्मेलनमा न्यायिक समितिको न्याय निरुपण प्रक्रिया झल्कने वृत्तचित्रसमेत प्रदर्शन गर्ने कार्यक्रम छ । उपमेयर गुरुङले न्याय सम्पादनमा स्थानीय तहमा भएका अफ्ठारालाई फुकाउन सहज हुने दाबी गरिन् ।उनले सम्मेलनमा ७ सय ५३ स्थानीय तहमध्ये ५० प्रतिशतको सहभागिता हुने अपेक्षा सुनाइन् ।

Advertisement


मेयर मानबहादुर जिसीले पहिलो पल्ट स्थानीयतहले कार्यपालिका, व्यवस्थापिका र न्यायिक अधिकार पाएको बताए । मेयर जिसीले अहिलेसम्म न्यायिक समितिले गरेको कामको समीक्षा र आगामी कार्यदिशाको बारेमा छलफल हुने सम्मेलनले आगामी चुनावबाट आउने जनप्रतिनिधिलाई कार्य सम्पादनका लागि सहज हुने विचार राखे ।


मेयर जिसीले न्यायिक समितिलाई प्रहरी परिचालनको अधिकार नहँुदा काममा कठिनाई भएको सुनाए । महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सम्मेलनलाई सभ्य र भव्य रुपमा गर्न निमन्त्रणा सहजीकरण, अतिथि सत्कार, मञ्च व्यवस्थापन,मर्मत र रंगरोगन, क्याटरिङ, मसलन्द, स्टेसनरी,स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्था र कार्यपत्र तथा घोषणापत्र तयारी समिति गठन गरिएको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया