माओवादीको गण्डकी कमिटीले पूर्णता पायो

समाधान संवाददाता २०७८ चैत १० गते १३:५७


पोखरा ।
अधिवेशन भएको लामो समयपछि नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटील पूर्णता पाएको छ । यसअघि प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी थिइन् । अरु पदाधिकारी खाली थिए ।

Advertisement


प्रदेश कमिटीको बैठकबाट तीनजना उपाध्यक्ष चयन भएका छन् । पर्वतका गुणाखर बस्याल, बागलुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्रशरण शर्मा उपाध्यक्ष चुनिएका हुन् । सचिवमा गोर्खाका जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक चुनिएका छन् । कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया