लागुऔषध र पैसाका लागि कास्की अदालत तोडफोड गर्ने दावा पक्राउ

समाधान संवाददाता २०७८ चैत १० गते १७:२७

पोखरा ।
कास्की जिल्ला अदालतको परिसर भित्र अनाधिकृत प्रवेश गरेर बुधबार राति (बिहान) तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा पोखरा महानगरपालका १५ टुटुंगा बस्ने वर्षीय अर्जुन परियार (दावा) छन् ।


उनीविरुद्ध यसअघि नै चोरी, लागुऔषध र अभद्र व्यवहारमा ८ वटा मुद्दा दर्ता भएको डिएसपी तिवारीले बताए । तिवारीका अनुसार दावाले अदालतमा लागुऔषध र पैसा खोज्दै जाँदा तोडफोड गरेको बताएका छन् । उनले प्रहरीलाई भनेका छन्, ‘यहाँ लागूऔषध पाइन्छ भनेर परिषदमा छिरेको हुँ । नजिकैको खोलाबाट ३ वटा लागुऔषध पनि पाएँ । अदालत भित्र थप लागूऔषध र पैसा पाइन्छ भनेर छिरेको हुँ ।’ अदालतको पूर्व तर्फ नै प्रहरीले लागुऔषध नष्ट गर्दै आएको छ ।


अदालत परिसदमा भने पर्खाल नाघेर भित्र गएको उनले बताएका छन् । ‘यसअघि दिउँसोमा अदालत आएको थिए । यहाँ लागुऔषध पाइन्छ भन्ने थाहा थियो,’ उनले प्रहरीलाई बयानमा भनेका छन्, ‘परिसद भित्र रड भेटे यसैले साँचो फोडेर भित्र गएको हुँ । भित्र जाँदा कागजमात्र देखे अनि बाहिर फिर्किएँ ।’

Advertisement


अदालतमा पसेपनि कुनै सामान चोरी नगरेको उनको दाबी छ । अदालतमा भने फाइल हराएको नहराएको खोजी भइरहेको अदालतका सूचना अधिकारी निल पनेरुले बताए । इजलासमा रहेका ३ सय ५३ मिसिल भने सकुसल भेटिएको पनेरुले बताएका थिए ।


दावाविरुद्ध यो पहिला मुद्दा होइन, उनले फागुन ११ गते मात्र लागूऔषध मुद्दामा अन्तिम पटक कास्की कारागारबाट थुनामुक्त भएको कास्की प्रहरीका प्रमखु रमेश थापाले बताए । ‘उहाँले अवसर पाउने वित्तिकै कुनै न कुनै घटनामा संलग्न भएको देखिन्छ । थुनामुक्त भएको १ महिनाको आसपासमै उनले फेरी अदालत पसेका हुन्,’ थापाले भने ।

Advertisement


उनी विरुद्ध ०७३ जेष्ठ ०६ पहिलो पटक अभद्र व्यवहारमा मुद्दा दर्ता भएको थियो । यसको दुई महिना भदौ १५ गते पछि दावाविरुद्ध रामबजारमा अभद्र व्यवहारमा मुद्दा दर्ता छ । सोही वर्ष असोज ३० कास्की प्रहरीमा चोरीको मुद्दा दर्ता भएको डिएसपी तिवारीले बताए । तिवारीले भने ‘यसै वर्ष कात्तिक २१ गते दावामाथि लागु औषध मुद्दा दर्ता भएको छ ।’

कास्की बाहेक रुपन्देहीमा पनि दावामाथि अभद्र व्यहारको मुद्दा दर्ता छ । उनी माथि ०७४ माघमा रुपन्देहीमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएको कास्की प्रहरीका प्रमुख डिएसपी रमेश थापाले बताए । ‘अवसर पाउने वित्तिकै केही न केही गर्ने प्रहरी रेकडबाट देखिएको छ । उनी १ महिनाको आसपासमा चोरी, लागुऔषध र अभद्र व्यवहारमा मुद्दा दर्ता भएको देखिएको हो,’ थापाले भने ।


दावा विरुद्ध ०७५ असार २५ कास्कीमा अर्को लागु औषध मुद्दा दर्ता थियो । दावाले ०७६ चैत ९ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो । उनलाई प्रहरील नकबजनी चोरीमा मुद्दा दर्ता गर्ने तयारी गरेको तिवारीले बताए । दावाले ६ नम्बर इजलासमा पस्ने ३ वटा ताल्चा फोडेकापछि अदालतमा चोरी भएको आशांका भएको थियो ।

अदालत परिसरबाट १ सय १० ईन्च लम्बाई भएको फलामको रड प्रहरीले बरामद गरेको छ । बुधबार घटना घटेपछि ६ नम्बर इजलासमा रहेका ५ वटा मुद्दाको सुनुवाइ प्रभावित भएका थिए । घटना घटेको २४ घण्टा भित्र कास्की प्रहरीले दावालाई पक्राउ गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया