पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

समाधान संवाददाता २०७८ चैत १० गते १७:३४

पोखरा ।
बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको थुनछेक बहस सकिएको छ । आदेश लेख्ने काम भइरहेकाले अदालत स्रोतले जनाएको छ ।


पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस सकिएको छ । पल विरुद्ध नावालिग माथि बलात्कारको गरेको आरोप छ । ती नावालिगाले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया