पोखरा २१ धुवारकोट–तिलाहार टोल कमिटीमा थमबहादुर

समाधान संवाददाता २०७८ चैत १२ गते २०:१४

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा २१ को धुवारकोट–तिलहार टोल भेलाले थमबहादुर थापाको अध्यक्षतामा टोल कमिटी गठन गरेको छ ।


कमिटीको उपाध्यक्ष डिलबहादुर परियार, सचिव प्रीति थापा, उपसचिवद्वय सुनीता गुरुङ र बिन्दु परियार छिन् । निर्वाचित कमिटीको ५ सदस्यीय सल्लाहकारमा नारायणबहाहुर थापा, सिंहबहादुर थापा, हरिबहादुर थापा छन् । सम्पूर्ण पदाधिकारी, सदस्य तथा नारायणसिंह गुरुङ, जंगबहादुर परियार सहितका सल्लाहकारहरुलाई नेकपा एमाले पोखरा २१ का अध्यक्ष राजेन्द्र थापाले अनुशासन र गोपनीयताको सपथ खुवाए । भेलाको सभापतित्व वडा कमिटीका अध्यक्ष राजेन्द्र थापाले गरेका थिए । स्वागत राजकुमार गुरुङले र सञ्चालन पार्टी सचिव रोशन भट्टराईले गरेका थिए ।


भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता झपट रानाभाटले नेकपा एमाले आकाशमा उडिरहेको चरा जस्तै भएको बताए । ‘एमाले आफ्नो पखेटा जस्तो नीति, सिद्धान्त, कार्यक्रम र जनताको अपार शक्तिमा विश्वास गर्छ,’ उनले भने, ‘अरु दलहरु जस्तो रुखको हाँगा र काण्डमा विश्वास गर्दैन ।’

Advertisement


युवा नेता दीपक सुवेदी, राजकुमार गुरुङ, खगराज न्यौपाने र निर्वाचित जनप्रतिनिधि एवं एमाले युवा नेता रामबहादुर गुरुङ, सामाजिक अभियन्ता एवं एमाले युवा नेता बासुदेव थापा लगायतले सामाजिक रुपान्तरण, वर्गविहीन समाज निर्माण एवं विकास र समृद्धिको सपनालाई पूरा गर्न आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई जिताउन आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया