पोखरा १४ र २१ मा अटेरी उम्मेदवार

समाधान संवाददाता २०७८ चैत १५ गते १९:०६


पोखरा ।

पोखरा १४ र २१ मा अटेरी उम्मेदवारी सार्वजनिक भएको छ । आउँदो स्थानीय तह निर्वाचनमा देशव्यापी बन्दै गएको अटेरी अभियानका अभियन्ताद्वयले उम्मेदवारी सार्वजनिक गरेका हुन् ।


वडा नम्बर १४ मा सुजन कार्की र २१ मा सागर पौडेल (ओमप्रकाश)को उम्मेदवारी सार्वजनिक भएको हो । पोखराका गनेस पौडेलले स्थानीय तह निर्दलीय बनाउने उदघोषसहित सुरुआत गरेको यो अभियानमा अहिले देशभरबाट सयौंले उम्मेदवारी सार्वजनिक गरि सकेका छन् ।

Advertisement


पोखराका अटेरी उम्मेदवारले यही आउँदो १९ गते पत्रकार सम्मेलन मार्फत अभियानको जानकारी दिँदै छन् । अहिले अटेरी अभियान चुनाव केन्द्रित छलफलमा लागेको अभियानका निर्वाचन संयोजक हरि कार्कीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया