स्वास्थ्य

मुस्ताङमा टाईफाईड खोप अभियानमा १ सय ४४ जनशक्ति खटिदै

समाधान संवाददाता २०७८ चैत २४ गते १९:५५

जोमसोम—
नेपालमा टाईफाईड रोगबाट बालबालिकालाई बचाउन सरकारले भोली शुक्रबारदेखि बैशाख १८ गतेसम्म देशव्यापी टाईफाईड खोप अभियान संञ्चालन गर्दैछ ।सरकारले सञ्चालन गरेको टाईफाईड बिरुद्धको खोप अभियान अन्तर्गत मुस्ताङमा चैत्र २७ गते देखि बैशाख १० गतेसम्म चरणबद्ध रुपमा खोप लगाउने कायैक्रम तय गरिएको जनाईएको छ ।
अभियानको अघिल्लोदिन बिहिबार सरोकारवाला निकायलाई जानकारी तथा प्रचार—प्रसार गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय मुस्ताङले ‘टाईफाईड रोग बिरुद्ध खोप अभियान’ सम्वन्धि जोमसोममा अभिमुखिकरण ग¥यो ।स्वास्थ्य कार्यालय मुस्ताङका कार्यालय प्रमुख रामबहादुर नेपालीले मुस्ताङमा टाईफाईड खोप अभियान सम्वन्धि कार्ययोजना कार्यक्रममा प्रस्तुत गरे ।यस्तै,जिल्ला अस्पताल जोमसोमका एमडिजीपी डा. कुन्दन कर्णले डाईफाईट रोग सम्वन्धि अर्को प्रस्तुतीकरण गरे । प्रस्तुतीकरणमा टाईफाईड रोग व्यक्तिको दिशा र त्यसबाट निस्कने दुर्घन्धबाट फैलिने भएकाले यसबाट बच्न नियमित खानपान र सरसफाईमा ध्यान दिनुपर्ने जनाईएको छ ।
।स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार मुस्ताङका ५ वटै स्थानीय तहमा १५ महिनादेखि १५ वर्ष मुनिका कुल ३ हजार ७ सय ७१ जना बालवालिकाले टाईफाईड बिरुद्धको खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए । यसका लागि मुस्ताङमा ३७ वटा खोप केन्द्र र ४८ वटा खोप सेसन रहने उनले बताए ।
मुस्ताङका ५ स्थानीय तहका ३७ विद्यालयमा २ हजार ९ सय २८ बालबालिकालाई खोप लगाईने छ भने विद्यालयको पहुँचमा नरहेका ४ सय ४३ जना बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाईने स्वास्थ्य प्रमुख नेपालीको भनाई छ । जसअन्तर्गत मुस्ताङको थासाङमा ८ सय ९१,घरपझोङमा १ हजार ४१,वारागुङ मुक्तिक्षेत्रमा ७ सय १४ ,लोघेकर दामोदरकुण्डमा ३ सय ४१ र लोमान्थाङ गाउँपालिकामा ३ सय ७३ जना बालबालिका टाईफाईड बिरुद्धको खोपको पहुचमा जोडिने छन् ।सरकारको खोप अभियान सफल पार्न मुस्ताङको थासाङमा चैत्र २७ गतेदेखि २९ गते,घरपझोङमा चैत्र २७ गतेदेखि ३० गते,वारागुङ मुक्तिक्षेत्रमा चैत्र २५ गतेदेखि २९ गते,लोघेकर दामोदरकुण्डमा बैशाख १ गतेदेखि बैशाख ४ गते र लोमान्थाङ गाउँपालिकामा बैशाख ८ गतेदेखि बैशाख १० गतेसम्म खोप लगाउने कार्यतालिका रहेको स्वास्थ्य प्रमुख नेपालीले सो अवसरमा जानकारी दिए ।
अभियान अन्तर्गत मुस्ताङमा ४८ जना खोप कार्यकर्ता र ९६ जना स्वंमसेवक गरी कुल १ सय ४४ जना जनशक्ति परिचालन हुने जनाईएको छ । खोप अभियानमा स्वास्थ्य स्वंमसेविकाहित महिला शिक्षिकाहरुलाई समेत परिचालन गरिने छ । अभियानमा खटिएका ३७ खोप केन्द्रले खोप लगाएको ३ दिनभित्र पालिकालाई रिपोटिङ गर्नेछन् भने सम्वन्धित स्थानीय तहले ७ दिन भित्र स्वास्थ्य कार्यालयलाई रिपोटिङ गर्नुपने स्वास्थ्य प्रमुख नेपालीले बताए ।उनका अनुसार थासाङमा १० ,घरपझोङमा ९,वारागुङ मुक्तिक्षेत्रमा १३ ,लोघेकर दामोदरकुण्डमा ७ र लोमान्थाङमा ९ वटा खोप केन्द्र रहने छन् ।
टाईफाईड बिरुद्धको खोप एक पटक लगाए मात्रै पुग्छ । १५ महिना नपुगेका बालबालिकालाई १५ महिना पुगेपछि नियमित रुपमा खोप लगाउने व्यवस्था सरकारले गरेको बताईएको छ । खोप अभियान अघि स्वास्थ्य कार्यालयको समन्वयमा जिल्ला, पालिका तथा पालिका भित्रका प्रत्येक वडाहरुमा खोप समन्वय समिति गठन गरी अभिमुखिकरण भएको र उनीहरुलाई तालिम समेत दिईएको छ ।स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लामा विद्यालयतर्फ ८० प्रतिशत र समुदायमा रहेका १५ प्रतिशत गरी कुल ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको छ ।खोपको माध्यमबाट टाईफाईड रोगलाई जिल्लालाई शून्यमा पू¥याउन अभियान सञ्चालन भएको हो ।
अभिमुखिकरण कार्यक्रममा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले लक्षित बर्गको पहुँचमा खोप पू¥याउन अभियान सार्थक हुने विश्वाश ब्यक्त गरे । उनले यसअघि मुस्ताङमा कोरोना बिरुद्धको खोप अभियान सफल र प्रभावकारी रहेको उल्लेख गर्दै यसपटक पनि सोही किर्तिमानी मुस्ताङले कायम राख्ने बताए । उनले खोप अभियान प्रभावकारी बनाउन प्रशासनीक निकायबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।जिसस उपप्रमुख राजेन्द्र शेरचनले टाईफाईड बिरुद्धको खोप अभियान सफल पार्न स्वास्थ्यकर्मी।सञ्चारकर्मी,सुरक्षाकर्मी,जनप्रतिनिधि र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । अझै पनि समाजमा खोपको बिषयमा नकारात्मक प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उपप्रमुख शेरचनले त्यस्ता अन्धविश्वाश र कुरितीलाई हटाउन जनचेतना आवश्यक रहेको औल्याए । उनले यसप्रकारको खोप अभियान बर्सेनि सञ्चालन हुनुपर्नेमा जोड दिए ।घरपझोङकी उपाध्यक्ष शमिला गुरुङले खोप अभियान सफल पार्न आफ्नो पालिकाले समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता जनाईन् ।उनले बिद्यालयका बालबालिकासहित बिद्यालय जान बञ्चित मजदुरका बालबालिकालाई खोप अभियानमा समेट्नु पर्नेमा जोड दिईन् ।

Advertisement

तपाईको प्रतिक्रिया