एमाले पोखरा १८ ले उम्मेदवार सर्वसम्मत टुंग्यायो, अध्यक्षमा पुष्कल

समाधान संवाददाता २०७८ चैत २६ गते २०:२३

पोखरा ।
नेकपा एमाले पोखरा १८ वडा कमिटीको भेलाले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । अध्यक्षमा पुष्कलबहादुर थापा, महिला सदस्यमा कल्पना ढकाल, दलित महिला सदस्यमा मीना नेपाली, खुला सदस्यमा नवराज सुवेदी र रमेश थापालाई उम्मेदवार बनाउने टुंगो शनिबारको भेलाले लगाएको एमाले वडा इन्चार्ज रणबहादुर थापाले बताए ।


५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई सिफारिस निर्णय गरेको हो । अब जिल्ला कमिटीबाट यी नाममै उम्मेदवार टुंगो लगाई टिकट प्रदान हुन सक्छ ।
एमालेले कास्कीमा २८ गते सबै वडाका उम्मेदवारको टुंगा लगाउने भनेको छ । तर पोखरा १८ ले भने त्यसअघि नै टुंगो लगाएको छ । यसअघि २०७४ को निर्वाचनमा पोखरा १८ मा वडाध्यक्षसहित सबै सदस्यमा एमालेले जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया