पोखराको उपमेयरमा वडाध्यक्ष पौडेलको दाबी

समाधान संवाददाता २०७८ चैत २६ गते २०:३३

पोखरा ।


पुरुषले नै प्रमुखको दाबी गरिरहेको बेला एमाले नेता शोभामोहन पौडेलले भने पोखराको उपमेयरमा दाबी गरेका छन् । पोखरा १९ का वडाध्यक्ष पौडेलले पोखराको व्यवस्थित विकासमा सघाउन उपमेयर बन्न चाहेको दाबी गरेका छन् । केही समय पोखरा महानगरको कार्यवाहक मेयरसमेत भएका पौडेल प्रदेश कमिटीका सदस्य हुन् ।


महानगरको विधायन समितिमा रहेर काम गरेका पौडेलले पोखरा जस्तो सहरलाई विकास गर्न भिजन र गोल दुवै चाहिने र यसका लागि आफूसँग पोखरा विकासको मोडल रहेको बताए ।

Advertisement


उनले आफ्नो वडाका सडक नपुगेको ठाउँमा सडक, खानेपानी समस्या भएको ठाउँमा खानेपानी, र स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पु¥याएको दाबी गरेका छन् ।


मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्ण थापा, राजीव पहारी, पुरानी नेतृ मीनाकुमारी गुरुङ, हालकी उपमेयर मञ्जु गुरुङ, केन्द्रीय सदस्य भीम कार्की, प्राडा विश्वकल्याण पराजुली, युवा नेताहरु पुष्पज्योति ढुंगाना, रश्मि आचार्य, दिलीप न्यौपाने, होटल सञ्चालक पुष्पराज अधिकारी, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतको नाम चर्चामा छ ।

Advertisement

तपाईको प्रतिक्रिया