एमाले पोखरा २७ मा उम्मेदवार सर्वसम्मत सिफारिस, अध्यक्षमा सूर्यमणि लामिछाने

समाधान संवाददाता २०७८ चैत २७ गते २०:१७

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका २७ वडा कमिटीको भेलाले आगामी स्थानीय निर्वाचन २०७९ का लागि उम्मेदवार टुंगो लगाएको छ ।

भेलाले अध्यक्षमा सूर्यमणि लामिछाने, महिला सदस्यमा बुद्धिमाया थापा मगर, दलित महिला सदस्यमा उमा परियार, खुला सदस्यमा प्रकाश देवकोटा र तारानाथ दवाडीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको वडा कमिटी सचिव सुविन तिमिल्सिनाले जानकारी दिए ।

५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई सिफारिस निर्णय गरेको हो । अब जिल्ला कमिटीबाट यी नाममै उम्मेदवार टुंगो लगाई टिकट प्रदान हुन सक्छ । एमालेले कास्कीमा २८ गते सबै वडाका उम्मेदवारको टुंगा लगाउने भनेको छ । यसअघि २०७४ को निर्वाचनमा पोखरा २७ मा वडाध्यक्षसहित सबै सदस्यमा नेपाली कांग्रेसले जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया