फेदीखोला पोखरा समाजमा शुभकामना

समाधान संवाददाता २०७९ वैशाख ५ गते ११:११

पोखरा l
बृहत फेदीखोला पोखरा सम्पर्क समाजले शनिबार नयाँ वर्ष २०७९ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले सम्पर्क समाज र गाउँपालिका मिलेर फेदीखोलावासी नागरिकको सेवा गर्नु पर्ने बताए ।

उनले समाजलाई फेदीखोलाबाट पोखरा आई स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेको तथ्यांङ संकलन गर्न सफ्टवेयर खरिदका लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरे । सोही अवसरमा समाजसेवामा अन्तराष्ट्रिय सम्मान प्राप्त गर्ने फेदीखोला निवासी मेजर डिलबहादुर गुरुङलाई सम्मान गरिएको थियो । उनले समाजले स्थापना गरेको अक्षयकोषको लागि ५० हजार प्रदान गर्ने प्रतिवद्धता जनाए ।

समाजका अध्यक्ष कृष्णबहादुर क्षेत्रीले आगामी दिनमा फेदीखोलाबाट उपचारका लागि तथा अन्य कामको लागि पोखरा आउने सर्वसाधारणका लागि निशुल्क आवास व्यवस्थापन गर्न पहल गर्ने बताए । कार्यक्रममा फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापा, वडा नं. १ का अध्यक्ष खिमबहादुर क्षत्री, समाजसेवी मेजर डिलबहादुर गुरुङ, नेपाली कांग्रेस फेदीखोला सभापति महेन्द्र थापा, नेकपा माओवादी केन्द्र फेदीखोला अध्यक्ष बलबहादुर गोदार, फेदीखोला गाविसका पूर्व सचिव दयाराम लामिछाने, संस्थापक अध्यक्ष अभिलाश गुरूङ, सचिव लाल कार्की अन्जान, मिडिया संयोजक पत्रकार कृष्ण रानाभाट, पुष्पराज बराल, निरमाया कार्की, जीतजंग कार्की, टंकप्रसाद गौतम, प्रथम उपाध्यक्ष जगदीश लामिछाने, सहसचिव मीनप्रसाद सुवेदीले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया