श्रेनाको शाखा बेगनासमा

समाधान संवाददाता २०७९ वैशाख ५ गते १५:१७

पोखरा l
पोखरा ८ नागढुंगास्थित श्रेना युनिसेक्स सैलुन एन्ड टेनिङ सेन्टरले पोखरा ३१ बेगनासतालमा शाखा विस्तार गरेको छ ।नेपाल ब्युटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले आइतबार शाखा उद्घाटन गरिन् ।

उनले महिलालाई सफल बनाउन परिवार र समाजको सकारात्मक सहयोग आवश्यक पर्ने बताइन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले हरेक व्यवसायका लागि सीप आवश्यक हुने बताए ।

करिब २० लाखको लगानीमा शाखा सञ्चालन गरिएको हो । ‘यो पहिलो शाखा हो, सञ्चालनमा ल्याउँन पाउँदा खुसी छु,’ सञ्चालक शर्मिला रानाभाटले भनिन्, ‘अन्य स्थानमा पनि शाखा बिस्तार गर्ने तयारीमा छु ।’

Advertisement

रानाभाट विगत १३ वर्षदेखि ब्युटिसियन पेशामा छिन् । उनले ८ वर्ष कुँवेतमा ब्युटिसियन पेशा गरेकी थिइन् । सेन्टरले प्रोफेसनल मेकअप, रसियन हेयर स्टाइल, आइलासिस एक्स्टेन्सन, माइक्रो ब्लेडिङ्गसहित टाटु, जेन्स हेयर कटिङ्ग र प्रेसिङलगायतका सेवा प्रदान गर्दै आएको छ । रानाभाट नेपाल ब्युटिसियन संघ कास्की अध्यक्षसमेत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया