ज्ञान, सीप सिक्न अध्ययन भ्रमण

समाधान संवाददाता २०७९ वैशाख ५ गते १५:३३

पोखरा l
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखरा ९ नयाँबजार पोखराले सहकारीका सञ्चालक, सेयर सदस्य र कर्मचारीको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि अध्ययन अवलोकन भ्रमण गरेको छ ।

टोलीले पाल्पाको तानसेन नगरपालिका १४ अर्गली स्थित उद्यमी नेपाल कृषि सहकारी संस्था, उद्यमी नेपाल कृषि तथा पशुपन्छी फर्म र रिब्दीकोट स्थित सिर्जना फार्म हाउस अवलोकन गरेको सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए । सहकारीका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक कुलप्रसाद घिमिरेले सहकारीको मुल मर्म र भावना अनुसार सामूहिक रुपमा व्यवसाय गरे सफलता मिल्ने विषय अध्ययन भ्रमणबाट सिकेको जानकारी दिए ।

‘सफल उद्यमी, व्यवसायी बन्न बजार विस्तारको आधार भएको सहरी तथा ठूलो बस्ती आवश्यक पर्ने रहेनछ,’ उनले भने, ‘ग्रामीण केन्द्रीत भएर पनि सफल र दिगो व्यवसाय गर्न सकिने रहेछ ।’ उनले कृषि र पर्यटनलाई जोडेर व्यवसाय गरेको खण्डमा जीविकोपार्जन र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन सकिने उदाहरण पेश गरे ।

Advertisement

कार्यक्रममा सिर्जना फार्म हाउसका सञ्चालक विष्णु अधिकारी, उद्यमी नेपाल कृषि सहकारी संस्थाका सञ्चालक शोभाखर भट्टराई, उद्यमी नेपाल कृषि तथा पशुपन्छी फर्मका सल्लाहकार तथा तानसेन नगरपालिका वडा नम्बर १४ का अध्यक्ष कमलबहादुर रानाले उद्यमशीलताको विकास र पर्यटन प्रवद्र्धनको लागि गरेका प्रयासबारे जानकारी गराएको थिए ।

टोलीले पाल्पा, स्याङजा र गुल्मीको संगमस्थलमा निर्मित तीनमुखे पुल, ऋषिकेश र भैरवस्थान मन्दिर, तानसेनको श्रीनरको भ्रमण गरेको छ । टोलीले तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल लगायतका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सहकारीका प्रतिनिधिसँग उद्योग, व्यवसाय र पर्यटन प्रवद्र्धनको बारेमा अन्तरक्रिया गरेको सहकारीका सचिव तथा पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया