सेती खोंचको सम्भावना खोजी

समाधान संवाददाता २०७९ वैशाख ६ गते १२:२७

पोखरा l
युनाइटेड क्लवको १२ औ वार्षिकोत्सवको अवसर पारी पोखरामा सेती खोंच एक पर्यटकीय गन्तव्य विषयक अन्तरक्रिया भएको छ । स्थापना कालदेखि पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकीय गन्तव्यका लागि खुला चिडियाखाना निर्माणको अवधारणासहित सेती नदी संरक्षण र विपद व्यवस्थापनमा काम गर्दै आएको युनाइटेडले वार्षिकोत्सवको पूर्व सन्ध्यामा साताव्यापी कार्यक्रम गरिरहेको छ ।


तेस्रो दिनको कार्यक्रममा सेती नदीको खोंच उपयोगका सम्भावनाबारे छलफल भएको हो । कार्यक्रमाम वातावरणविद जुद्धबहादुर गुुरुङले युनाइटेड क्लबले अघि सारेको अवधारणाबाट आफू प्रभावित भएको बनाउ । सुरुमा चिडियाखानाको अवधारणा ल्याउदा आफूलाई विश्वास नलागेको उनले खुलाए ।


सेती नदीको गल्छी पनि क्लबको पहलमा छिट्टै साहसिक पर्यटकीय गन्तव्य बन्नेमा आफू विश्वस्त रहेको उनले बताए । राज्यले गर्नुपर्ने काम क्लब स्तरबाट सुरु भएको उनको भनाइ छ । भूगोलविद प्राडा कृष्ण केसीले अन्नपूर्ण हिमालदेखि तनहुँको भिमाद सम्मको वृत्तचित्र प्रस्तुत गरे । उनले सेती गल्छीलाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा व्किास गरी उक्त ठाउँलाई भूगोल विद्यार्थीलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने सुनाए । कोही कसैले चासो नदेखाएको सेती गल्छीको बारेमा छलफल आरम्भ गरेकोमा उनले क्लबलाई धन्यवाद दिए ।

Advertisement


क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा खुला चिडियाखाना निर्माणको सुरु भइसकेको उल्लेख गर्दै सेती नदी संरक्षणसँगै नदीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्नका लागि सानो पहलकदमी थालनी भएको बताए ।
क्लब अध्यक्ष राजु श्रेष्ठले सेती गल्छीलाई पनि यसको सम्भाव्यता अध्ययन गरी एक साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना सुनाए । कार्यक्रममा क्लबका सचिव दिनेश सुनार, द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिना, प्राडा ईन्द्र तिवारी, प्राडा कृष्ण प्रसाद पौडेल, भूगर्भविद सोमनाथ सापकोटा, सहप्रध्यापक रामजी पोख्रेल, अधिकारकर्मी रामबहादुर पौडेल, पर्यटन व्यवसायी अनिल थापा लगायतले बोलेका थिए ।


यस्तै, क्लबको आयोजनामा युवालाई लक्षित गरी साइबरक्राइम सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम भएको हो । पोखरा १५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक किरण रावतले सहजीकरण गरेका थिए ।

Advertisement


रावतले युवा पिँढी त्यसमा पनि माध्यामिक तहमा अध्ययनर विद्यार्थीले साइबर क्राइमको बारेमा जान्नु आवश्यक भएको बताए । युवा अवस्थाकै कारण कतिपय कानुनी कुरा बुझेर या नबुझेर साइबर अपराधमा फस्ने भएकाले यस बारेमा अभिभावकसमेत सचेत हुनुपर्ने उनको भनाइ छ । सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइरालाले सामाजिक काममार्फत युवालाई सही मार्गमा लाग्न यस्ता कार्यक्रमले प्ररित गर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया