हिमाल सफाइ अभियानमा युनिलिभरको साथ

समाधान संवाददाता २०७९ वैशाख ६ गते १२:४८

पोखरा l

युनिलिभरले हिमाल सरसफाइ अभियान २०२२ मा नेपाली सेनासँग हातेमालो गरेको छ । विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिवद्धताको अंशका रुपमा नेपाली सेनासँग यस पहलका हातेमालो गरिएको कम्पनीले जनाएको छ ।

हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो दोस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र चुचुरो, हिमालहरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन भएको छ ।

Advertisement

फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमाले सौन्दर्यलाई तहसनहस पार्नुका साथै वातावरण नाश र स्वास्थ्यमा समस्या आउँछ ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथि हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाई दिए ।

Advertisement

युनिलिभरका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले निरन्तर सहकार्यमार्फत यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखिएको सुनाए ।

तपाईको प्रतिक्रिया