ब्युटिपार्लर एसोसिएसन गण्डकीमा रुपकला, कास्कीमा शुष्मा

समाधान संवाददाता २०७९ वैशाख ६ गते १३:०५

पोखरा l
ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् । हालै भएको एसोसियसनको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो ।


समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा अर्याल, उपाध्यक्ष सोमना श्रेष्ठ, महासचिव बबिता केसी कार्की, उपमहासचिव माया विश्वकर्मा र कोषाध्यक्ष सावित्री श्रेष्ठ छन् । सदस्यमा पुष्पा पौडेल, निशु अधिकारी, सपना श्रेष्ठ, नेहा घताने, मञ्जु अधिकारी, शिला कार्की, भीमा गुरुङ, कामना गुरुङ, रीता कार्की निर्वाचित भएका छन् ।


सोही अधिवेशनबाट ब्युटीपार्लर एसोसियसन कास्कीको पनि नयाँ कार्यसमिति चयन गरिएको छ । एसोसिएसन कास्की अध्यक्षमा शुष्मा गुरुङ, उपाध्यक्ष टेकमाया गुरुङ, सचिवमा छाँया ढकाल, कोषाध्यक्ष सुनिता गुरुङ र सहसचिव शिशिर गोदार छन् । सदस्यमा हिमानी गुरुङ, शान्ता लामिछाने, प्रभा वैद्य, बुद्ध गुरुङ, पूर्णकला गुरुङ र सुशीला केसी छन् ।

Advertisement


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले सौन्दर्य व्यवसायीलाई संघले अन्य व्स्तुगत संघ, संस्थालाई जस्तै प्राथमिकतामा राख्ने बताए । घरेलु तथा साना उद्योग महासंघ महिला समिति गण्डकी अध्यक्ष एवं ब्युटीपार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार चिनु गुरुङले पोखरामा ३ दशकसम्ममा आफूले उत्पादन गरेका सौन्दर्य व्यवसायीलाई पेशागत हकहित, अधिकार सम्पन्न बनाउँदै एउटै छातामुनि राख्न सफल हुँदा खुसी लागेको बताइन् । नवनिर्वाचित प्रदेश र जिल्ला कार्यसमितिले आगामी दिनमा व्यावसायिक हकहितका क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिइन् ।


कार्यक्रममा कस्मेटिक व्यवसायी संघका महासचिव सरु बराल, नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेश एवं ब्युटिपार्लर एसोसिएसनका संस्थापक अध्यक्ष कल्पना कोइराला, नाई संघ कास्की अध्यक्ष बिगुलाल ठाकुर, पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति संयोजक मुना बास्तोला, सचिव बबिता केसी कार्की लगायतले बोलेका थिए ।
कार्यक्रम एसोसिएसनका अध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा भएको थियो । सोही अवसरमा लक्ष्मी बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रमसमेत भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया