मादी अध्यक्षमा माओवादीबाट ४ सिफारिस

समाधान संवाददाता २०७९ वैशाख ८ गते १०:५९

पोखरा l
नेकपा माओवादी केन्द्रले कास्कीको मादी गाउँपालिका प्रमुखमा ४ जनाको नाम सिफारिस गरेको छ । गठबन्धन दलबीच तालमेल भएको अवस्थाबाहेक एकल चुनाव लड्नुपर्ने अवस्थाका लागि भन्दै माओवादी केन्द्रले उम्मेदवार तय गरेको हो ।
गाउँपालिकाको प्रमुखमा एंगेल्स कार्की, कृष्णराज दाहाल, तोरण गुरुङ र लालबहादुर गुरुङको नाम सिफारिस भएको छ । प्रमुखमा सिफारिसमा परेका एंगेल्स वाइसिएल कास्कीका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र मादी गाउँपालिका उपाध्यक्ष हुन् । दाहाल नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।

तोरण नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका अध्यक्ष हुन् । उनी निर्वाचित वडाध्यक्ष पनि हुन् । त्यस्तै, पालिका प्रमुखमा सिफारिसमा परेका लालबहादुर गुरुङ मादी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया