स्थानीय निर्वाचन २०७९ वैशाख ३०

कास्कीमा खुले निर्वाचन अधिकृतका कार्यालय

समाधान संवाददाता २०७९ वैशाख ८ गते १४:४८

पोखरा ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि पोखरा महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले बिहीबार कार्यालय उद्घाटन गरे ।


कास्कीका अरु पालिकाहरुमा पनि बिहीबारै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पालिकाका निर्वाचन अधिकृतहरुले त्यहाँका कार्यालयहरु विभिन्न समयमा उद्घाटन गर्ने कार्यतालिका छ ।


माछापुच्छ्रे गाउँपालिकामा नवराज दंगाल, मादी गाउँपालिकामा दुर्गाप्रसाद भट्टराई, अन्नपूर्ण गाउँपालिकामा विष्णुप्रसाद आचार्य र रुपा गाउँपालिकामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया