एमालेका सांसद सुवेदीले दिए राजीनामा, भरतपुर महानगरमा उठ्ने पक्का

समाधान संवाददाता २०७९ वैशाख ८ गते १६:५२

पाेखरा ।

चितवनकाे भरतपुर महानगरपालिकामा नेकपा एमालेबाट प्रदेश सभा सांसद विजय सुवेदी उमेद्वार बन्ने पक्का भएकाे छ । वागमति प्रदेश सभाका सदस्य सुवेदीले सांसदबाट राजीनामा गरेसँगै उनकाे उमेद्वारी पक्का भएकाे हाे । यद्यपी एमालेले अ।

औंपचारिक रुपमा उमेद्वारी घाेषणा गरेकाे छैन् ।

Advertisement

नेकपा एमाले भरतपुर महानगर कमिटीले यस अघि नै सर्वसम्मत रुपमा सुवेदीलाई नै भतरपुरकाे मेयर उठाउन शिफारिस गरेकाे थियाे । उनले आजै वागमति प्रदेश सभाका सभामुख साेनुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाइसकेका छन् ।

आजै काठमाण्डाैंमा एमाले सचिवालयकाे बैठक जारी छ । एमाले बैठक जारी रहेकै बेलामा सांसद सुवेदीले पदबाट राजीनामा गरेपछि उनलाई पार्टी नेतृत्वले नै राजीनामा दिन निर्देशन गरेकाे बताइएकाे छ ।

Advertisement

भरतपुरबाट सत्तारुढ गठबन्धनले बहालवाला मेयर तथा प्रचण्ड पुत्री रेनु दाहाललाई उठाउने चर्चा छ । सुवेदीले राजीनामा गरेसँगै भरतपुरकाे मेयरका लागि दाहाल र सुवेदीबीच भिडन्त पक्का जस्तै भएकाे छ । सत्ता गठबन्धनले भरतपुर माआेवादीकाे भागमा पारिसकेकाे छ ।

तपाईको प्रतिक्रिया