एमाले पोखरा १७ मा चुनावी कार्यक्रम

समाधान संवाददाता २०७९ वैशाख ९ गते ११:०१

पोखरा l
३० वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा एमाले पोखरा १७ वडा कमिटीले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रताका साथअघि बढाएको छ । पोखराका ३३ वडामध्ये मतदाताका दृष्टिले ठूलो वडामा विजय प्राप्त गर्न एमाले नेता, कार्यकर्ता परिचालन भएका छन् ।

पार्र्टीले वडा भित्रका टोल तथा इकाईमा चुनाव लक्षित गतिविधि बढाउनुका साथै बिभिन्न रुपमा मतदाताका माझ पुगिएको वडा इकाइ अध्यक्ष ऋषब तिमिलाले बताए । पार्टीले सिफारिस गरेका उम्मेदवार, माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेतासहित स्थानीय कार्यकर्ताको भेला भएको छ ।

उमेदवारका आकांक्षीबीच पनि सकेसम्म आफ्नै पक्षमा निर्णय गराउने र नपाएको अवस्थामा पनि पार्टीको उम्मेदवारलाई विजयी गराउन दत्तचित्त भएर लाग्ने विषयमा छलफल भएको तिमिला बताउँछन् । वडा कमिटी अध्यक्ष तिमिलाको संयोजकत्वमा पार्टीको विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता, जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि सहभागी १ हजार १ सय १७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

Advertisement

पोखरा १७ डेमसाइडमा आयोजित भेलामा वडाध्यक्षमा सिफारिस भएका उम्मेदवारहरु सुवास ढुंगाना, राधिका शाही योगी र रघुनाथ शर्मा भण्डारीले पार्टीको निर्णयलाई आत्मसाथ गर्दै एमालेलाई विजयी बनाउन लाग्ने प्रतिवद्धता जनाए । एमाले जिल्ला कमिटी सचिवालय सदस्य भेषराज बरालले गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ लैजाने दाबी गरे । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले भौगोलिक हिसाबले ठूलो वडामा सिमित स्रोत, साधनका बाबजुद पनि विकासका आधार बनाउन सफल भएको बताए ।
यसअघि वडामा गठित १५ टोल कमिटी, जनवर्गीय संगठनका भेला गरिएको वडा सचिव विक्रम गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया