पोखरा १२ मा कांग्रेसका उम्मेदवार सर्वसम्मत सिफारिस

नयाँ शक्ति पार्टीकी उम्मेदवार परियार कांग्रेस प्रवेश

समाधान संवाददाता २०७९ वैशाख ९ गते ११:४४

पोखरा ।
नेपाली कांग्रेस पोखरा १२ ले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेसको तर्फबाट प्यानल घोषणा गरेको छ । वडा अध्यक्षमा सन्तोष बास्तोला, वडा सदस्यमा शान्तबहादुर थापा, गोविन्दप्रसाद सिग्देल, शान्ति कोइराला र गोमादेवी परियारलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय कांग्रेसले गरेको छ ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बन्न लागेका बास्तोला हाल नेपाली कांग्रेस वडा इकाई समिति पोखरा १२ का सभापतिसमेत हुन् । वडा अध्यक्षका उम्मेदवार बास्तोलाले पोखरा १२ मा गठबन्धनका दलहरु विच मित्रवत प्रतिस्पर्धा गर्ने वडा कार्यसमितिको निर्णय बमोजिम सर्वसम्मत उम्मेदवारी घोषणा गरिएको बताए ।

यसैबिच गत स्थानीय चुनावमा नयाँ शक्ति पार्टीबाट पोखरा १२ को वडा सदस्यमा उम्मेदवार रहेकी गोमादेवी परियार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उनलाई पार्टीको सदस्यता प्रदान गर्दे परियारको कांग्रेस प्रवेशले पोखरा १२ मा नेपाली कांग्रेस अझ मजबुत भएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया