राप्रपाबाट पोखराको मेयर उम्मेदवार शंकर खराल, उपमेयरमा भोलि टुंगो लाग्ने

समाधान संवाददाता २०७९ वैशाख ९ गते १४:४९

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको मेयरमा शंकर खराललाई मेयरमा उठाउने टुंगो लगाएको छ । प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ता मोहन श्रेष्ठले मेयरमा खराललाई उम्मेदवार बनाउने निर्णय भएको र उपमेयर उम्मेदवार शनिबार टुंगो लगाइने जानकारी दिए ।

राप्रपाले पोखरासँगै काठमाडौं र ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार पक्का गरेको छ । काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा वरिष्ठ कलाकर्मी मदनदास श्रेष्ठलाई र ललितपुर महानगरपालिका प्रमुखमा अष्ट महर्जनलाई मेयर उम्मेदवार बनाउने भएको छ ।

Advertisement

पोखरामा मेयरका उम्मेदवार बन्न लागेका खराल विश्व हिन्दु महासंघका उपाध्यक्ष हुन् । उनी गएको फागुन ७ गते मात्रै राप्रपा प्रवेश गरेका थिए ।

२०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकामा राप्रपाबाट मेयरमा गीता गुरुङ उम्मेदवार थिइन् । उनले २ हजार २ सय ७२ मत ल्याएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया