पोखराको मेयरमा कांग्रेसकाे वागी उम्मेदवारी दर्ता

समाधान संवाददाता २०७९ वैशाख ११ गते १२:३८

पोखरा ।

पोखराको मेयरमा नेपाली कांग्रेसका युवा नेता विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराएका छन् । पोखरा १४ निवासी कार्कीले कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा कांग्रेसका मतदातालाई हँसिया हतौडामा, पोखरामा कलममा र गोरखामा आँखामा भोट हाल्न बाध्य पारेको विरुद्ध आफूले उम्मेदवारी दर्ता गराएको कार्कीले बताएका छन् ।

कार्की नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्व सभापति हुन् । कुनै पनि दबाब र प्रभावमा आएर उम्मेदवारी फिर्ता नलिने कार्कीले जनाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया