मेयरको टिकट माग्दै कांग्रेस कार्यकर्ताले थुनिदिए कास्की जिल्ला पदाधिकारी

समाधान संवाददाता २०७९ वैशाख ११ गते १७:१०

पोखरा ।
कांग्रेस कार्यकर्ताहरुले पोखराको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला पदाधिकारीलाई थुनिदिएका छन् ।

Advertisement

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा बसेका पदाधिकारीको बैठक बसिरहेको बेला वडा सभापति, जिल्लाका कार्यकर्ताहरुले कांग्रेसले मेयर पाउनुपर्ने भन्दै जिल्लाका पदाधिकारीहरुलाई कार्य कक्षमै थुनिदिएको जिल्ला सभापति किशोरदत्त बरालले जानकारी दिए । “पार्टी कार्यालयमा चुनावको विषयमा लिएर बैठक चलिरहेको थियो । बाहिर आन्दोलन गरिरहेका वडा सभापति र कांग्रेसका क्रियाशिल कार्यकताहरुले बैठक कक्षको प्रवेशद्वारमा साँचो लगाइदिका छन्,” सभापति बरालले भने, “१ घण्टादेखि हामी ३५÷३६ जनाको बैठक हलमै थुनिएका छौं ।”

Advertisement

तपाईको प्रतिक्रिया