कास्कीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

समाधान संवाददाता २०७९ वैशाख ११ गते १९:४०

पाेखरा ।

नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरी स्थानीय चुनावमा भाग लिने भएको छ ।

कांग्रेस कास्कीको आइतबार बसेको बैठकले मित्रवत प्रतिस्पर्धा मार्फत चुनावमा जाने निर्णय गरेको हो ।

Advertisement

कांग्रेस कार्यकर्ताहरुले गठबन्धन नगर्न भन्दै कांग्रेस कास्कीका पदाधिकारीलाई ५ घण्टा कार्यालयमा धुनेका थिए । कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया