मादीमा अध्यक्षको उम्मेदवार टुंग्याउन कांग्रेसमा मतदान

समाधान संवाददाता २०७९ वैशाख १२ गते ११:०९

पोखरा ।

नेपाली कांग्रेसले कास्कीको मादी गाउँपालिकाको उम्मेदवार चयन गर्न पार्टीभित्र मतदान प्रक्रिया अपनाएको छ । गाउँपालिका पार्टी कार्यसमितिको १४ सदस्यीय संसदीय बोर्डमा मतदान गरिएको हो ।

मादीको अध्यक्ष बन्न कांग्रेसका ३ जना नेताहरु देवीजंग गुरुङ, अर्जुन गुरुङ र लेखबहादुर गुरुङमध्ये कसलाई उम्मेदवार बनाउन भनेर मतदान भएको थियो । मत परिणाम अनुसार देवीजंग गुरुङको पक्षमा ७, अर्जुनको पक्षमा ५ र लेखबहादुरको पक्षमा २ मत परेको जानकारी कांग्रेस मादी स्रोतले दिएको छ ।

Advertisement

देवीजंग गुरुङ २०७४ सालको निर्वाचनमा पनि कांग्रेसबाट अध्यक्षका उम्मेदवार थिए । उनी एमालेका श्याम गुरुङसँग पराजित भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया