मेयर, उपमेयर उम्मेदवारले लिए उपमहासचिव गुरुङको निर्देशन र आशीर्वाद

समाधान संवाददाता २०७९ वैशाख १३ गते १३:११

पोखरा ।

नेकपा एमालेबाट पोखरा महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार कृष्ण थापा र मञ्जुदेवी गुरुङले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग भेटेर निर्देशन र आशीर्वाद लिएका छन् । थापाले गुरुङसँग निर्देशन र आशीर्वाद लिएको भनी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

दुवै उम्मेदवारले उपमहासचिव गुरुङलाई मंगलबार उनकै निवास पोखरा १३ मा गई भेटेका थिए । त्यसक्रममा उपमहासचिव गुरुङले सबैलाई समेटेर अघि बढ्न, पुराना जनप्रतिनिधि सुझाव सल्लाह लिएर अघि बढ्न दुवै उम्मेदवारलाई सल्लाह दिएका थिए ।

Advertisement

केही दिनमै बृहत् भेला राख्ने र त्यसमा प्रमुख अतिथिका रुपमा सम्बोधन गरिदिन मेयर उम्मेदवार थापाले उपमहासचिव गुरुङलाई अनुरोध समेत गरेका छन् । थापाले आफूहरुले चुनाव जित्ने आधारमध्ये एउटा प्रमुख आधार पहिलाका जनप्रतिनिधिले गरेका काम, प्रदेश सरकारको मुख्यमन्त्री भएर पृथ्वीसुब्बा गुरुङले गरेका कामहरु भएको सार्वजनिक प्रतिक्रिया सोमबारै दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया