किरण बरालकाे घर दैलाे सुरु

समाधान संवाददाता २०७९ वैशाख १३ गते १४:०४

पाेखरा ।

नेपाली कांग्रेसकाे तर्फबाट पाेखरा महानगर पालिका वडा नम्बर १३ काे वडाध्यक्षमा मनाेनयन दर्ता गरेका युवा नेता किरण बरालले म‌गलबारदेखि नै चुनावी प्रचार प्रसार सुरु गरेका छन् ।

स्थानीय नेता कार्यकर्तासहित घर दैलाे सुरु गरेका किरणले परिवर्तनका लागि युवालाई मतदान गर्न आग्रह गरेका छन् । उनले वडा नम्बर १३ का सबै मतदाताकाे घर घर मै पुगेर मत माग्ने बताए । पहिलाे उनले विपि मार्गमा घरदैलाे गरे ।

Advertisement

याे वडाबाट २०७४ सालमा एमालेका दर्शन लामा १ हजार मतान्तरले विजयी भएका थिए । अहिले एमालेले बसन्त बराललाई उमेद्वार बनाएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया