यी हुन् कास्कीका पालिकाका प्रमुख, उपप्रमुख उम्मेदवार

समाधान संवाददाता २०७९ वैशाख १३ गते १४:००

पोखरा ।
स्थानीय निर्वाचनका लागि देशभरिका पालिकाहरुमा उम्मेदवारी दर्ता भएको छ । दलहरुका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । धेरै संख्याका उम्मेदवारहरुको मनोनयन हुँदा सोमबार राति अबेरसम्म पनि उम्मेदवारी दर्ताको क्रम चलिरहेको थियो ।


पोखरा महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराए । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एसका धनराज आचार्यले मेयर र कांग्रेसकी कोपिला रानाभाटले उपमेयरमा मनोनयन दर्ता गराए ।


कास्कीको मादी गाउँपालिकामा एमालेबाट शिवबहादुर गुरुङ (महेन्द्र) अध्यक्ष र कल्पना गुरुङ उपाध्यक्षकी उम्मेदवार भएकी छन् । कांग्रेसबाट अध्यक्षमा देवीजंग गुरुङले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसको उम्मेदवारी परेन । माओवादीका लालबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी हालेका छन् । कांग्रेस र माओवादीले मादीमा गठबन्धन गरेका हुन् ।

Advertisement


माछापुच्छ्रे गाउँपालिकामा एमालेबाट विक्रम गुरुङ र सीता तिवारी अधिकारी क्रमशः अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भएका छन् । कांग्रेसबाट मीन गुरुङ र सीता अधिकारीले क्रमशः अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
अन्नपूर्ण गाउँपालिकामा एमालेबाट विष्णु केसी अध्यक्ष र चन्द्रकला अधिकारी उपाध्यक्षकी उम्मेदवार छिन् । कांग्रेसले अध्यक्षमा युवराज कुँवरलाई फेरि उम्मेदवार बनाएको छ । उपाध्यक्षमा खिमकुमारी गुरुङ उम्मेदवार भएकी छन् ।


रुपा गाउँपालिकामा एमालेले अहिलेकै अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङलाई दोहोर्‍याएको छ । कांग्रेसबाट गिमाया गुरुङ अध्यक्ष र नारायणप्रसाद श्रेष्ठ उपाध्यक्ष उम्मेदवार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया