अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी

समाधान संवाददाता २०७९ वैशाख १३ गते १६:५१

कास्की l
स्थानीय तह निर्वाचनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेको छ । पालिका प्रमुखमा ११ जनाले मनोनयन दर्ता गरेका छन् । उपप्रमुखमा ५ जनाको मनोनयन दर्ता परेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महिला वडा सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता भएको छ । दलित महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । वडा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ ।

वडा नम्बर २ को वडा अध्यक्षमा ७ जनाले उम्मेदवारी दिएका छन् । महिला वडा सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा ३ जनाका उम्मेदवारी छ । वडा सदस्यमा १० जनाले उम्मेदवारी दिएका छन् ।

Advertisement

वडा नम्बर ३ को वडा अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । महिला वडा सदस्यमा पनि ५ उम्मेदवार छन् । दलित महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ । वडा सदस्यमा ९ जनाले उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ४ को वडा अध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महिला वडा सदस्यमा ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दलित महिला सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । वडा सदस्यमा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

Advertisement

वडा नम्बर ५ को वडा अध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महिला सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दलित महिला सदस्यमा ३ जनाले उम्मेदवारी दिएका छन् । वडा सदस्यमा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

वडा नम्बर ६ को वडा अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्य र दलित महिला सदस्यमा ३÷३ जनाको उम्मेदवारी छ । वडा सदस्यमा ८ जनाले उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ७ को वडा अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा ३ जनाको उम्मेदवारी छ । वडा सदस्यमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ८ को वडा अध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महिला सदस्य र दलित महिला सदस्यमा ३÷३ जनाको उम्मेदवारी छ । वडा सदस्यमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

वडा नम्बर ९ को वडा अध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा २ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दलित महिला सदस्यमा २ जनाको उम्मेदवारी छ । वडा सदस्यमा ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

वडा नम्बर १० को वडा अध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा २ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दलित महिला सदस्यमा ३ जनाको उम्मेदवारी छ । वडा सदस्यका उम्मेदवार ९ जना छन् ।

वडा नम्बर ११ को वडा अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २ जना उम्मेदवार छन् । दलित महिला सदस्यमा ३ जनाको उम्मेदवारी परेको छ । वडा सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया