पोखरा २६ मा एमालेका भण्डारीको चुनावी यात्रा सुरु

समाधान संवाददाता २०७९ वैशाख १३ गते १७:०४

पोखरा ।
पोखरा माहानगरपालिका वडा नम्बर २६ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका सूर्यनाथ भण्डारीले चुनावी यात्रा थालेका छन् । सोमबार उम्मेदवारी दर्तापछि मंगलबारबाट उनको चुनाव प्रचार सुरु भएको छ ।


भण्डारीले २०४४ सालमा भवानी कालिकाबाट अखिलको अध्यक्ष हँुदै राजननीतिक यात्रा सुरु गरेका थिए । भण्डारी साविक लेखनाथ ४ को पार्टी अध्यक्ष, युवा संघ लेखनाथको संस्थापक अध्यक्ष, पार्टी पूर्व जिल्ला सदस्य हुँदै अहिले पोखरा महानगरपालिका वडा नम्बर २६ का एमाले तर्फबाट वडा अध्यक्ष उम्मेदवार भएका हुन् ।


२०३१ मंसिर २५ गते जन्मिएका भण्डारीले बिए पास गरेका छन् । गुँदे ताल तथा वातावरण संरक्षण समितिका अध्यक्ष, जल्धारे बचत तथा ऋण सहकारी संस्था कार्यकारी सदस्य, लेखनाथ सानासहरी खानेपानीको सञ्चालक समिति सदस्य, नेपाल रेडक्रस सोसाईटी राखी उपशाखाको सल्लाहकार, पुष्पकमल स्मृति प्रतिष्ठानको कार्यसमिति सदस्य, लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रको आजीवन सदस्य रहेका भण्डारी राखी उपस्वास्थ्य चौकीको उपाध्यक्षको जिम्मेवारीको अनुभव संगालेका नेता हुन् ।
पोखरा २६ मा सदस्यमा धु्रव थापा, वसन्त बन्जरा, शर्मिला सुनार र प्रमिला बराल भण्डारीको उम्मेदवारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया