नेकपा पोखरा १० मा निर्वाचन परिचालन कमिटी

समाधान संवाददाता २०७९ वैशाख १४ गते १६:२५

पोखरा l
नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले १० का अध्यक्ष सूर्यबहादुर बानियाँ मुल समिति संयोजक रहने गरी कमिटी बनेको हो ।
कमिटिको सहसंयोजकमा सीता तिमिल्सिना, प्रचारप्रसार संयोजकमा कमिटी सचिव राजु श्रेष्ठ संयोजक छन् । प्रचारप्रसार समिति सदसस्यमा खगेन्द्र क्षेत्री, पूर्णकुमार श्रेष्ठ, गुरुप्रसाद ज्ञवाली, गीता रानामगर र तुलसीराम सुवेदी छन् । आर्थिक समिति संयोजकमा कमलबहादुर बस्नेत र सदस्यमा रामबहादुर केसी, निश्चल पोख्रेल, सन्तोष सिग्देल, लोकेन्द्र राई, सनम गुरुङ, पुतलीदेवी गुरुङ, नारायण अधिकारी, परशुराम पौडेल, विष्णु बराल र प्रकाश ज्ञवाली छन् ।

संघ, संस्था समन्वय समिति संयोजकमा बालाकृष्ण शर्मा र सहसंयोजकमा लीलाधर छन् । सदस्यमा चन्द्रकिशोर गौतम, लज्जावती दुरा, सीताकुमारी भुषाल, मणिराज परियार, गौप्रसाद गुरुङ, विजय कार्की र राम घिमिरे छन । महिला परिचालन समिति संयोजकमा जानकी अधिकारी र सदस्यमामा कृष्णकुमारी गुरुङ अधिकारी, तारा सापकोटा, सुशीला खत्री, सीता चापागाई, राजकुमारी गुरुङ, सविता गिरी, चाँदनी हमाल, सपना गुरुङ, मिना गिरी, वन्दना गुरुङ र धनप्यारी गुरुङ छन् ।
खाना, खाजा समितिको संयोजकमा गणेशबहादुर खड्का र युवा परिचालन समितिको इन्चार्जमा धनबहादुर पुन छन् । संयोजकमा सन्तोष कार्की र सहसंयोजकमा शंकर नेपाली छन् । स्वास्थ्य समिति संयोजकमा नरहरि पनेरु, कार्यालय व्यवस्थापन समिति संयोजकमा सुकबहादुर गुरुङ र सहसंयोजकमा पूर्णप्रसाद तिमिल्सिना छन् ।

सांस्कृतिक समिति संयोजकमा कृष्ण गुरुङ अधिकारी, सल्लाहकार समिति संयोजकमा रामबहादुर थापामगर र सह संयोजकमा गंगा कुँवर छन् । बुद्धिजीवी सर्कलमा प्राध्यापक डाक्टर कृष्ण केसीलाई संयोजकमा चयन गरिएको छ । पोखरा १० बाट नेकपा एमालेबाट अध्यक्षमा पवित्रा देवी गुरुङ, सदस्यमा कुमार थिङ तामाङ, सीमा गुरुङ, शान्ति सुवेदी र दलित महिला सदस्यमा शान्ति परियार उम्मेदवार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया